श्रद्धेय सिटौला परिवारलाई चिठी

श्रद्धेय सिटौला परिवारलाई चिठी

आदरणीय सिटौला परिवार, ढोग — साधर प्रणाम र अनन्त माया !

तपाईंहरूका पुर्खा, सिध्दिकर्ण पाध्या सिटौलाले अठारौँ शताब्दीमा नुवाकोटको प्रमुख रक्षकको हैसियतमा भोटसितको युध्दमा वीरगति प्राप्त गरी कसरी आफ्नो प्रिय रक्त र धर्मको लागि आत्मा अर्पण गर्नुभयो भन्ने गहिरो रहस्य र बलिदानीको देशभक्ति कथा  हजुरहरू सबैलाई लाई सायद पूर्ण रूपमा ज्ञात नहोला। स्वामी युद्धमा हुँदा परिवारलाई सम्हालेर बस्नुभएकी उहाँकी अर्धांगिनी, स्वामीको पार्थिव शरीर सैनिकहरूले आँगनमा राखेर बिदा भएपछि   कसरी नुवाकोटको फुर्के सल्ला, खत्रीबेशी, लिखुखोला र खुँडे 

खोल्साको दोभानमा सतीवरण गर्न गर्न बाध्य गराइयो र पूज्य 

सतिआमा बन्न पुगिन्। यी आत्माहरूसँग जोडिएका ती पवित्र कथा प्रेममय भावना र वीरता तपाईँको रगतमा बगिरहेको छ, त्यो पनि ज्ञात नहोला र आज म यो सत्य हजुरहरू समक्ष उजागर गर्न पाउँदा मेरो हृदय अत्यन्तै आनन्दित भएको अनुभूति गरिरहेको छु।

सतीवरणको ती पलहरू पछि प्रकृतिका आँसुहरूसँगै जीआमाको करुणामा डुबेकी एक कन्या किन र कसरी ताप्लेजुङ्को पथमा लागेर बिलयित भइन्? समाजसेवी हरिचरण सिटौला तथा उनकी कान्छी श्रीमती मनमाया सिटौलाका विलक्षण सन्तान देवेन्द्र सिटौलाले अल्पायुमै किन त्यही अनन्ततामा विलीन हुनुभयो? यी सबै प्रश्नहरूको जवाफ कृतिहरू भित्र भावनामा मात्र लुकेको छ। तर वास्तविक रहस्य — जीवन र मरणको गहिरा सन्देश — सृष्टिकर्ताले आफैंसँग मात्र राख्नुभएको छ।

म यो जुनीमा धर्तीमा अवतरण गर्नु अगाडि मनमायाले मलाई खोज्दै कहाँ कहाँ किन पुगिन् ? कारणको रहस्य पनि सृष्टिकर्तासँगै छ; त्यस गहिराइको अधिकार केवल सृष्टिकर्तालाई नै सुम्पिएको छ। यही रहस्यमयता नै जीवनलाई सदैव खोजीमा राख्दछ — यात्रा चलिरहन्छ, रूपान्तरण जारी रहन्छ, सृष्टि चक्र घुमिरहन्छ।

अहिले ९६ वर्ष पुग्नुभएकी हजुरहरूकी ममतामही चिरञ्जीवी 

मनमाया माता अहिले पनि संगीतमानै गुनगुनाइ रहनुहुन्छ, 

मनमाया एउटा मात्र युगको कलाकार  होइनन्, चन्द्र सूर्य आकाशमा रहेसम्म, नेपालमा चन्द्र सूर्य अङ्कित झण्डा फरफराइरहनेछ। त्यो झन्डा फरफराइरहँदा मनमायाहरुका गीतहरु पनि 

गुन्जिरहनेछन् त्यहाँ युगान्तरसम्म यसरी;

https://youtu.be/p5OfCgqknyA?si=vcTD3gvX-vDxZCzn

सिटौला परिवारले गरेको समाजसेवाका अनगिन्ती उज्वल 

उदाहरणहरू सँगै तमोरखोलामा बनेको सिटौला पुलको कथा छिट्टै विश्वले चिच्याएर सुन्नेछ। त्यो कथाले तपाईँहरूलाई समाज र 

मानवता प्रति पुर्खाहरूको त्याग, बलिदान र समर्पणको थप ज्ञान, 

अनुभव र अलौकिक सम्बन्धहरूको झलक दिनेछ। 

तपाईँहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै, तपाईँहरूको परिवार, जन्मभूमि त्यो पवित्र माटो, र तपाईँहरूको पहिचान बनेको अखण्ड, गौरवशाली, वीर नेपाल राष्ट्रलाई यो राष्ट्रिय गीतले हृदयको गहिराइबाट श्रद्धा, सम्मान र अमर समर्पण अर्पण गर्न चाहन्छु।

https://youtu.be/WTBxWPgHa10?si=Lz2x60_tTne1O9UV

बीसौं शताब्दीको अन्तिम रातमा धापासीस्थित तपाईंहरूको घरमा सृष्टिको संरचना र हाम्रो ब्रह्माण्डसँगको सम्बन्धबारे गरेको चर्चा—र सम्भावित मङ्गल ग्रहका अनुपम चेतनाहरू सम्बन्धी अन्तर्दृष्टि—आजको युगले पनि चाखले सुनेको थियो । यहाँहरुलाई पक्कै सम्झना छ।

अब हजुरहरूलाई मैले बताउनुपर्छ जुन कुरा मेरो चेतनाले मलाई बताइरहेको छ।

मङ्गलग्रहबाट आएका रसियामा पुनर्जन्म भएका बोरिस 

किप्रियानोभिच, मङ्गलग्रहबाट आएका साउथ अफ्रिकामा पुनर्जन्म लिएका एलन मक्स, मङ्गलग्रहबाट आएका अमेरिकामा पुनर्जन्म लिएका सुबोर्नो आइज्याक बारी तथा अन्य ब्रह्माण्डीय 

चेतनासँगको तरङ्गीय संवादको अनुभूति गरिरहेको छु; ती 

तरङ्गहरूले मेरो भित्री यात्रा र यस ग्रहमा मेरो अवतरणको कारणहरूलाई उजागर गरिरहेका छन्। हाम्रो प्रेमको सुपरपावरले पृथ्वीग्रहलाई आणविक संकटबाट बचाउनु हाम्रो प्रमुख दायित्व रहेको चेतनाले प्रवाह गरेको छ । जहाँ म अवतरण गरेको थिएँ, त्यही ठाँउमा गएर  सूक्ष्मतापूर्वक ध्यानमा गएर  त्यसको 

सत्यतालाई विगत र भविष्यलाई मौनतामा हेर्नु मेरो कर्म बनेको 

छ। विश्वले अब यो जान्ने बेला आएको छ। यो चिठीलाई बन्द गर्दै गर्दा तर ज्ञानको  रहस्य तपाईंलाई बताउँदै गर्दा,  हालसालै पृथ्वीको मध्यपूर्व इजरायलमा गएर शान्तिको लागि तरङ्गहरु प्रवाह गर्नु मेरो कर्मको एउटा भाग थियो ।

हरिचरणको यस पवित्र परिवारले मलाई दिनुभएको मायाप्रति म हृदयदेखि कृतज्ञ छु—तपाईंहरूको आतिथ्य, सहयोग र समर्पण मेरो जीवनका गहिरा अनुभूतिहरूले कहिल्यै पूर्ण रूपमा तौल्न सक्दैन। संसारभरिका आदरणीय नेपालीहरू, हाम्रो भाषा, संस्कृति, संस्कार र परम्परा र जन्मदात्री हाम्रा परिवारहरूले —यी सबैको कथाले अनेक रहस्य र अनुगूँजहरू बोकेका छन्; जहाँबाट नै ज्ञान र विज्ञानको जन्म हुन्छ। 

मैले यहाँ यो परिवारका केही कृतिहरू समावेश गरेको छु जसले तपाईंहरूलाई अझ धेरै ज्ञान र प्रकाश दिनेछन्। 

voiceofkabin.comमा केही महिनामा उपलब्ध हुनेछन् ।

यस ब्रह्माण्डमा हामी सबै केवल ऊर्जाका विभिन्न रूपहरू हौं—रूपान्तरित, सर्दै आगमन गर्ने र फेरि विलिन हुनेजस्ता अनन्त प्रवाहमा आवद्ध। सिटौला परिवार जस्तो महान परिवारको 

माध्यमबाट तपाईंहरूसँग भेट्न, जान्न र सिक्न पाउनु मेरो लागि अनुपम सुवर्ण अवसर रह्यो। मैले यहाँ प्रस्तुत गर्न खोजेको तपाईंको परिवारभित्र पनि यस्तै रहस्यहरु लुकेका छन् विगतमा गएर खोजी गर्नुहोस् । जसले यस ब्रह्माण्डलाई सजाइरहेका छन् ।

आजभन्दा ठीक ५६ वर्षअघि, जब म पृथ्वीमा अवतरण गर्ने तयारीमा थिएँ, मेरी आमा सम्पूर्ण ब्रह्माण्डका पीडालाई सहेर पनि, मातृत्वको अद्भुत प्रेम र साहसका साथ मलाई यस धर्तीमा स्वागत गर्न तयार थिइन्। त्यो समय न अस्पताल थियो, न कुनै दक्ष डाक्टर। तर भाग्यले मलाई र मेरी आमालाई एक देवीजस्तै सहारा प्रदान गर्‍यो — मेरी माइली भाउजु पार्वती सिटौला, जसले आफ्नो स्नेह, संवेदना र मातृत्वको स्पर्शले एकैसाथ नर्स र डाक्टरको भूमिका निर्वाह गरिन्।

आज, पाँच दशकभन्दा बढी समयपछि, म उनीप्रति हृदयको गहिराइबाट नतमस्तक छु — उनका तिनै पवित्र हातहरू र मातृत्वका असीम भावनाहरूले नै मलाई यो जीवनको आरम्भ दिनुभयो। म कृतज्ञताका आँसु र हाँसो लिएर ती क्षणहरूको स्मरण गर्दैछु, र उनले त्यो कठिन घडीमा दिएको प्रेम, धैर्य र आशीर्वादका कथा सुन्ने अवसर पाउनु, मेरो जीवनकै अनुपम सौभाग्य हो।

अब ती उनका युगका र जीवन स्मरणका दिव्य अनुभूतिको वाणीलाई म समय र युगको साक्षी बनाउँदै, तपाईंहरू सबैलाई सुनाउने अवसर पाएको छु — ताकि मातृत्व, प्रेम र कृतज्ञताको यो अमर कथा सधैं ब्रह्माण्डमा गुञ्जिरहोस्। त्यति मात्र होइन उनीसँग मेरा जीवनका नौवटा वात्सल्यका वसन्तहरू उनी मेरो आमा बन्दै साथी बन्दै र प्रेम बन्दै बिताउने सौभाग्य पाएको थिए। उनले ममाथि गरेको बात्सल्य प्रेम र सेवाको लागि हार्दिक हार्दिक कृतज्ञता व्यक्त गर्दछु, अब उनकै   शब्द र वाणीहरूमा यो कथा;

https://youtu.be/bgfKS7HQmRE

पुन:एकपटक, म यो पवित्र परिवारप्रति मेरो आत्माबाट, हृदयबाट र ब्रह्माण्डको गहिरो ऊर्जाबाट अटूट धन्यवाद र कृतज्ञता अर्पण गर्दछु। तपाईंहरूको माया, प्रेरणा र सेवा सदैव उज्जवल रहोस्—शान्ति, प्रकाश र प्रेमको अनन्त शुभकामना।

 

नमस्कार र हार्दिक आभार।

अन्य मेरा आउन लागेका कृतिहरू: 

– हृदयका स्पन्दनहरू -2(कविता),

– मायालुको चिठी (यथार्थ प्रेमपत्रहरू रञ्जिता- कविन्द्र), 

– Dreamer’s Diaries-Vol 1-6 (अमेरिकामा रहँदा ६ वर्षका 

हातले लेखेका डायरीहरू1992-1997),

१०८ युगपत्रहरू

– विचारका इन्द्रेणीहरू (Quotations collection from age 9)

– गुणी देवेन्द्र

– “मेरो देश प्रेमको देश” (१० लाख प्रेमसम्बन्धी कविता र भावनाहरू संकलन), 

– “आमा बनेर हेर” शीर्षकका (आमासम्बन्धी भावनाहरुमा संकलन)

English/Nepali

– ब्रह्माण्डसँग माग (How to ask with Universe) 

– ब्रह्माण्डको साथी कसरी  बन्ने ?

– मित्रता (रूममेट गोविन्द गिरीसँगको आत्मकथा)

– सगुन यात्राका कथाहरू

– दरबार मार्गमा निदाउँदा भेटेको ध्यान

तपाईंहरूको प्रिय “बाबा”