नेपालका सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीलाई चिठी

सन् २०२५ को सेप्टेम्बर १४ तारिख ( २०८२ साल भदौ २९ गते, आइतबार)

नेपालका सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीलाई चिठी

 

सृष्टिको पहिलो स्पन्दनसँगै, हिमालयदेखि बहेको चिसो हावाको स्पर्श गर्दै बाइसे चौबीसे राज्य देखि विशाल नेपालको हुँदै आजको सुन्दर नेपालभूमिको पुण्य प्रारम्भसँगै जन्मनुभएका अदृश्य र दृश्य रूपमा नेपालको रक्षा गर्नुहुने सदा आदरणीय राजा, महाराजा र राष्ट्रपतिज्यूहरू! देश हाँक्ने, नेतृत्व गर्ने सदा आदरणीय भारदार, काजी, प्रधानमन्त्रीज्यूहरू, भविष्यमा नेपालको नेतृत्वमा आउनुहुने नेपालका देशभक्त छोरा वा छोरीहरू! नेपाल राष्ट्र हाक्ने विशेष नेतृत्व वर्ग !

नेपाल अधिराज्यको एकतालाई मेरुदण्ड बनाउने ती अमर शासक र कुशल शिल्पीहरू सबैलाई दुई शब्द  बताउन अनुमति माग्दैछु ! ”हे आदरणीय नेपालका रक्षकहरू, तपाईंहरूलाई हाम्रो श्रद्धाको अभिव्यक्ति, कृतज्ञताको गहिरो नमन ! नेपाललाई “नेपाल” बनाउने, हामीलाई “नेपाली” भनेर चिनाउने र यो गौरवशाली मातृभूमिको माटो र मान जोगाउन आफ्नो जीवन आहुती दिने सैनिक, प्रहरी, सहिद र समर्पित एक एक राष्ट्रभक्तहरू ! तपाईँहरू सदा पूजनीय हुनुहुन्छ आकाशमा चन्द्र र सूर्य रहिन्जेलसम्म। तपाईंहरूको नाम आज लिपिबद्ध छ या छैन, तर तपाईंहरू सम्पूर्णको योगदान अमर छ, अविस्मरणीय छ, समय यसको स्वयं साक्षी छ, युगले हेरिरहेको छ।

यो पुण्यभूमि, जहाँ पवित्र पवनसँगै गहन र दिव्य सन्देश सञ्चारित हुन्छ, जहाँको शान्तिमा ध्यान गहिरिन्छ, जहाँ हिमाली हिउँजस्तो निर्मल आत्मा दिव्य चेतना छर्दै विचरण गर्छ, जहाँ कला र वास्तुकलाका मञ्जरीहरू पलाउँछन्, जहाँ बुद्धको शान्तिको स्वर विश्वभरी गुन्जिन्छ, जहाँ महर्षिहरूका अक्षय अक्षर र ज्ञानका स्पर्श तथा वीरहरूका शौर्यगाथा पिढीपिढीका धरोहर बनेर बाँचिरहेका छन् ! जहाँ नेपालको अद्वितीय भौतिक सौन्दर्यले भरिपूर्ण प्रकृतिमा स्वयं दिव्य चेतनाकी देवी प्रकृतिले परिवर्तन, नवीन सौन्दर्य र सद्प्रेमको निरन्तर उत्सव मनाउँछिन्। कहिले रङ्गहरूमा हराउँछिन्, कहिले मौनतामा निमग्न हुन्छिन्। कहिले मुस्कानमा फुल्छिन्, कहिले संगीतमा झुम्दछिन् र नृत्य गर्दछिन्!

नेपालको धर्तीमा प्रकृतिको आत्मा स्वयं मुखरित हुन्छ, रमाउँछ र विलीन भएर सबैतिर फिजिन्छ अनि सबैलाई मीठो झस्का दिइरहन्छ, हामीले त्यो नाद र निनादलाई सुन्न मात्र सक्नु पर्छ। 

यो त्यो भूमि हो, जहाँ सगरमाथाले बादलसँग संवाद गर्छ, जहाँ पृथ्वीको शिर भएर सबैलाई आशीर्वाद बर्साउँछ, जहाँको झन्डा पृथक छ, जसमा राष्ट्रको आत्मा झल्किने, मानवीयरूप प्रतिबिम्बित हुने क्षमता र रूप छ र यसैमा सृष्टिसत्ताको प्रकाशबिम्व—शशीसूर्य—सदा झल्किरहेका छन् । विविध भाषा, कला, संस्कार, संस्कृति र परम्परा ले इन्द्रेणीका रूपमा नेपाली पहिचानलाई आकाशमा सजाइरहेका छन्।

भनिरहनु पर्दैन, यसमा इतिहास बोल्छ, यसमा यसरी विविध अद्वितीय पहिचान छन् । यो त्यो स्वतन्त्र राष्ट्र हो जो सृष्टिको आरम्भदेखि नै कसैको अधीनमा कहिल्यै थिएन, छैन र हुने पनि छैन ।

हे,
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू,

सम्माननीय  प्रधानमन्त्री सुशीला कार्कीलेज्यू,

यहाँहरू दुवै प्रति हार्दिक नमन, सादर प्रणाम !

 

म, कवीन्द्रराज सिटौला,
अमेरिकाको भर्जिनिया राज्यको अल्डी नगरस्थित आफ्नै निवासमा,
सन् २०२५ को सेप्टेम्बर १४ तारिख, एक शान्त आइतबार बिहान लेखिएको
यो विनम्र पत्र । 


म, हाल गैरआवासीय नेपालीको हैसियतमा,
संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टन डीसीको नजिक,
भर्जिनिया राज्यमा— जीवनसाथी श्रीमती रञ्जिता पराजुली सिटौला,
छोरी कृपा, पापी छोरी माया र सासु-ससुराको सेवा गर्दै सामाजिक, साहित्यिक र आध्यात्मिक यात्रामा संलग्न छु र एक व्यवसायी पनि हुँ 

। 

मैले एक मानवीय अभूतपूर्व ग्रन्थको सन् २०२३ को मार्च महिनामा मेरो जन्मदिनको दिन संयुक्त राज्य अमेरिकाको ऐतिहासिक नगरी, म्यासाचुसेट्सको राजधानी, बोस्टन सहरबाट अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रममा परिकल्पना सार्वजनिक र यात्राको संकल्प गरेको थिएँ।  

यस ऐतिहासिक र मानवीय आध्यात्मिक र साहित्यिक यात्राको विस्तृत वृत्तान्त [voiceofkabin.com] मा सङ्ग्रहित गरिएको जानकारी यहाँहरूलाई सादर अवगत गराउन चाहन्छु।

त्यसपछि माननीय कुलपति श्री भूपल राईज्यूको संयुक्त राज्य अमेरिकाको  डिसेम्बर २०२३को औपचारिक भ्रमणको अवसरमा  भर्जिनिया वासिङ्टन डिसीमा उहाँकै साक्षात्कारमा यस यात्राको शुभारम्भ सम्पन्न भएको  जानकारी पनि यहाँहरूलाई सादर निवेदन गर्दछु ।

सृष्टिमा यो कृतिको आवश्यकता किन भनेर सम्माननीय ज्यूहरुलाई छोटो कथा बताउन गइरहेको छु;

https://youtu.be/YzJn6d4eSeI?si=b_FPHaID_rWQo2rm

 

सन् २०२३ अक्टोबर ७ इजरायलमा हमास समूहद्वारा भएको आक्रमणमा दिवंगत भएका १० नेपाली युवा विद्यार्थी एवं हराइरहनुभएका नेपाली युवा विद्यार्थी बिपिन जोशी को घटना सम्प्रेषण गर्दागर्दै करुणा डुबेर सिर्जना भएको कविता “आमा भएर हेर” लाई भिडियोमा रूपान्तरण गरी मेरो प्रेम शान्ति र सद्भावको यात्रा भिडियोको को रूपमा सार्वजनिक लोकार्पण इजरायलमै पुगेर गर्ने इच्छा अनुरुप हाल इजरायलमा भिडियो लोकार्पण सम्पन्न गरी अमेरिका फर्किएको छु। 

यात्रा भिडियो मस्यौदा “आमा भएर हेर” लोकार्पण गर्ने सिलसिलामा इजरायलमै रहेको बेला नेपाल राष्ट्रले अर्को ठूलो ऐतिहासिक परिवर्तनको साक्षी बस्नुपर्यो। आशा छ यो परिवर्तनले सहिदको सपना, युवा पुस्ताको चाहना र नेपाली जनताको भावनालाई सम्मान गर्नेछ ।

सम्माननीय प्रधानमन्त्रीज्यूले शपथ लिएको दुईदिन पछि यो पत्र लेख्दैछु। उक्त ऐतिहासिक भिडियो पूरा गर्दैगर्दा युवा शहीदहरूको सपना र यहाँलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा समावेश गर्न अवसर पाएकोमा अत्यन्तै हर्षित छु, हाम्रो भिडियो झन् ऐतिहासिक भएको छ। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नेपालको गौरवशाली इतिहासमा पहिलो महिला प्रधानमन्त्री हुनुभएकोमा हार्दिक धन्यवाद दिँदै सफल कार्यकालको हृदयबाटनै हार्दिक मङ्गलमय शुभकामना समेत व्यक्त गर्न चाहन्छु।

 

सम्माननीय ज्यूहरू, 

समयसँगै, ज्ञानमाताको आज्ञा र आशीर्वादबाट नेपाललाई *”प्रेमभूमि”*को रूपमा विश्वमाझ चिनाउने एक आध्यात्मिक र साहित्यिक अभियानको शुभारम्भ सादर सुरु गरेका छौँ ।
यस अभियानको पूर्ण विवरण, सम्माननीय ज्यूहरूलाई निकट भविष्यमा औपचारिक रूपमा हस्तान्तरण गरिनेछ। यात्रा सम्बन्धी मेरो प्रेस विज्ञप्ति voiceofkabin.com हेर्न सादर अनुरोध गर्दछु। यस अभियानको प्रारम्भिक चरणमा  माटोको  र पुर्खाहरूको आशीर्वाद लिन म आफ्नै जन्मभूमि, बाल्यकाल बिताएको ठाउँ तेह्रथुमको आठराई-चुहानडाँडा पुगेँ, त्यसपछि म हुर्केको र पारम्भिक शिक्षा लिएको स्थान झापा चारपाने जहाँ म १०२ वर्षिया मलाई हुर्काउने मध्ये मेरी कान्छी काकीआमा देउमाया सिटौलाको साक्षात् आशीर्वाद लिन पाएको धन्य क्षण प्राप्त भयो । उहाँले आफ्नो जीवनका शताब्दीयौंपछिका शब्दहरू प्रेमका दिव्य भावनाले भरिएको एक ऐतिहासिक कविता लेख्दै हाम्रो अभियानको अमूल्य धरोहरमा आफ्नै हस्ताक्षरद्वारा योगदान दिनुभयो ।
र 

म अमेरिका फर्केको केही समयपछि— उहाँ यस लोकबाट आत्मालोकतर्फ प्रयाण गर्नुभयो ।

यो अनुपम संयोग—
ईश्वर, सृष्टि, प्रकृति र समयप्रति मेरो हृदयबाट गहिरो कृतज्ञता अर्पण गर्दछु । त्यो ऐतिहासिक कविताको भिडियो यही राख्ने सौभाग्य पाएको छु।

https://youtu.be/n_UkLowglUU?si=6CmHW5lm1bJAo_lY

 

साथै, मेरी अर्की ज्ञानमाता—जननी हरिकला चुँडाल ‘गर्ग’,
जसले ३०० वर्षदेखि आत्मचेतनाको यात्रामा नेपालभूमिमा चौथो जुनी पार गरिरहनुभएको छ,
र 

हालको जुनीलाई मुक्तिको अन्तिम चरण मानेर हामीलाई एक आध्यात्मिक युग प्रवेशको सन्देश दिइरहनुभएको छ, उहाँको दर्शन, ज्ञानका ग्रन्थहरूको सार्वजनिकता र उहाँको सार्वजनिक दर्शन को  संयोजन औपचारिक आयोजना यसै वर्षको डिसेम्बर को दोस्रो हप्तामा सार्वजनिक गर्नेछौं – यहाँहरूका समक्ष प्रस्तुत गर्नेछौँ । आजभन्दा करिब ३४ वर्ष अगाडि, २०४६ साल चैत २४ को सन्ध्यामा त्रिचन्द्र कलेज सडकबाट मलाई गोलीको पर्रा बाट बचेको तर फुटेको मेरुदण्ड सहित बेहोस् अवस्थामा ब्युझाएर उहाँको आश्रममा लगेर मलाई  नेपाल अधिराज्यको जिउँदो सहितको  भाग्यमानी युवाको रुपमा एक दिन उहाँकै काखामा राख्नुभयो। मेरो जीवनको कर्मबोध ज्ञान दिनुभयो। 

आज ३५ वर्ष पछाडि आएर मेरो जन्मभूमिको पुन सेवाको शुभारम्भगर्न पाएकोमा म कति भाग्यमानी रहेछु भनेर यहाँहरुलाई सुनाउन पाउँदा अत्यन्तै हर्षित छु।

मेरो केही समय पहिले नै भावुकतामा डुबेर तयार गरेको भिडियो  सारंशमा कथा यस्तो छ; 

https://youtu.be/Oz0axmMXk14?si=faM-naK6TNoIaTm7

 

जीवन त्यहाँ जोस थियो तर मलाई  जीवनको ज्ञान, सृष्टिको नियम र कानुनको ज्ञान, प्रकृतिसँग हामी मानवले गर्नुपर्ने संयोजन र अध्यात्मको ज्ञान सीमित मात्र थियो। म जीवनका कति कुराहरुमा केवल कर्मसँगै अन्धाधुन्द खहरे खोला जस्तै बगिरहेको थिएँ, एकदिन समुद्रमा पुगिन्छ भन्ने ज्ञान र अन्दाज थोरै थियो तर समुद्रको विशालताको ज्ञान थिएन, मैले पुग्ने समुन्द्र कति गहिरो हुन्छ भन्ने अन्दाज नै थिएन। त्यहाँ पुगेर समुद्रसँगै कसरी धिर र शान्त बन्ने कुनै ज्ञान नै थिएन। त्यही समयमा खिचिएका भिडियोका केही अंशहरुले मेरो खहरे ज्ञानलाई प्रतिनिधित्व गर्छ तर ती सबै भावनाको गहिराईबाट निस्किएका राष्ट्रभक्ति, माटोभक्ति, आत्मसम्मान, स्वाभिमानता, गौरवताका सुन्दर भविष्यप्रति आशाका अभिव्यक्तिहरु यहाँहरुले त्यसलाई सम्मान गरिदिनुहुन्छ भन्ने आशा राख्दछु।

उहाँकै आज्ञा अनुसार आजभन्दा ३५ वर्ष अगाडि अमेरिकाको भर्जिनिया राज्य पठाउनुभयो यही राज्यको प्रेमपूर्वक सेवा गर्न अराउनुभयो, परिवर्तनको मुहुर्तमा पृथ्वीको उत्तरी खण्ड उत्तर अमेरिकामा अलस्का राज्यको सबैभन्दा अग्लो र पवित्र स्थान डेनाली पर्वतमा गएर ब्रह्माण्ड, सृष्टि, प्रकृति र समयको ध्यान, पूजा-आराधना गरेर महानवयुग लाई आह्वान गर्न सादर विनम्रतापूर्वक निमन्त्रणा दिन आज्ञा गर्नुभयो। म एक आज्ञाकारी बालक बनेर, मेरो साथमा मेरी जीवनसाथीलाई सँगै राखी उहाँको आज्ञा पालना गरे, हामी निरन्तर मेरो कर्म र ज्ञान माताको सेवा गरिरहेको छौँ। 

https://youtu.be/yaJFv8w_4sE?si=bRVWr4UYSDH0-Dd9

 

सम्माननीयज्यूहरू,

मानवहरुले सृष्टिको र प्रकृतिको नियम निरन्तर उल्लङ्घन गरिरहेपछि महानवयुगको तयारीको लागि विश्वलाई प्रेम, शान्ति र सद्भावले बाँध्नु भन्ने आज्ञाअनुसार प्रेमका भावना सम्बन्धी संसारका सबैभन्दा बृहत कृति सम्पन्न गर्ने अभियान र कर्ममा छौँ।

 

सम्माननीयज्यूहरू,

माननीय मन्त्रीज्यूहरू,

र वर्तमान तथा भविष्यका समस्त राष्ट्रसेवक एवं नीति–निर्माता आदरणीयज्यूहरू, वर्तमान र भविष्यका आदरणीय नेतृत्व वर्गहरू,
सादर प्रणाम !

समयको चक्रले अब एक नवीन युगको पवित्र द्वार खोलेको छ। नेपाल अधिराज्य केवल भौतिक शक्तिमा मात्र होइन, विज्ञान र अध्यात्मको समन्वय भएर सम्पूर्ण विश्वलाई प्रेम, सद्भाव, शान्ति र समृद्धिको अमृत रस बाँड्ने पवित्र दायित्व बोकेर उदाउँदैछ।

आज विश्व युद्ध, भय, द्वन्द्व र हिंसाको अन्धकारबाट मुक्तिको बाटो खोजिरहेको छ। त्यसमा हामीले अत्यन्तै गहनतापूर्वक, जिम्मेवारीपूर्वक विश्व शान्ति र सद्भावको लागि सहयोगी बनेर निरन्तर कर्म गरिरहेका छौं। यस निर्णायक क्षणमा प्रकृतिमाता र ज्ञानमाताले हामीलाई आह्वान गर्नुभएको छ—मानवता र पृथ्वीलाई बचाउन विवेक, करुणा र आत्मचेतनासहित अघि बढ्न।

जसरी असंख्य खोला–खहरेहरू मिलेर गङ्गाजलको पवित्र धारा बन्छन् र अन्ततः समुद्रको अनन्त विशालतामा विलीन हुन्छन्, त्यसरी नै सम्पूर्ण संसारका हृदयहरू शान्ति, ध्यान, प्रेम र आत्मज्ञानको खोजमा हिमालयको फेद नेपालमाताको काखमा एकत्रित हुनेछन्। नेपाल आत्मशुद्धि, चेतना–उन्नति र सार्वभौमिक सत्यको, अनि जीवनको अन्तिम सत्यको अनन्त तीर्थ बन्ने निश्चित छ।

यस पवित्र यात्राले केवल हाम्रो राष्ट्रिय आत्मालाई उत्कर्षमा पुर्‍याउने मात्र होइन, नेपालको अर्थतन्त्रलाई पनि दृढ र समृद्ध बनाउँदै नेपाललाई आधुनिक, विकसित, उज्ज्वल र विश्व– सर्वोच्च सम्मानित राष्ट्रको रूपमा प्रतिष्ठित गर्नेछ।

यस दिव्य युगको अवतरणका लागि शताब्दीयौंदेखि असंख्य गुरुदेव–गुरुमाता, ज्योतिषविद्, आध्यात्मिक साधक, अभियन्ता, मानवीय आत्मा र मनहरू  र नेपाललाई आत्माको गहिराइबाट प्रेम गर्ने करोडौं आत्माहरू निरन्तर तपस्या, साधना र समर्पणमा लीन छन्। अब हाम्रो कर्तव्य हो—यो धरोहरलाई आत्मसात् गर्दै भविष्यलाई आलोकित गर्ने, र विश्वलाई सन्देश दिने कि नेपाल साँच्चिकै सत्य, शान्ति र चेतनाको आध्यात्मिक ध्रुवतारा हो, र सदा रहिरहनेछ। हामी सृष्टिका सबैभन्दा भाग्यमानी आत्माहरू हौं, किनभने हामीलाई प्रत्यक्ष दर्शन र अनुभूतिको वरदान प्राप्त हुने क्षण नजिकिँदैछ। ब्रह्माण्डका रहस्यहरू अब दृष्टि र चेतनाको ढोका खोली आफैं हामीमाथि प्रकट हुन लागेका छन्। हजुर सबैमा यो महान् युग–परिवर्तनको दैवी सन्देश सुनाउन पाउनु मेरो आत्म–यात्राको पवित्र उद्देश्य बनेको छ।
नेपाल–माताको पवित्र माटोमा अवतरण गर्नु अब अर्थपूर्ण भयो,
किनभने यही भूमि मार्फत ब्रह्माण्डीय चेतनाको नयाँ प्रभात उदाउँदैछ।

 

सम्माननीय ज्यूहरू,
हाम्रो नेपाल मातृशक्तिले धानेको, आशीर्वादले बुनिएको एक अद्भुत भूमि हो।
यहाँ असंख्य माताहरू हुनुहुन्छ —जो विगतदेखि भविष्यसम्म मानवता, समाज र राष्ट्रका लागि निस्वार्थ समर्पण र चेतनाको ज्योति प्रज्वलित गरिरहनु भएको छ।

यिनै मातृशक्तिहरू मध्ये एक महान माता हुनुहुन्छ —माता पद्मा देवी सेडाई,
जो झापाको बिर्तामोडमा बसेर जनताको आध्यात्मिक र दैविक  सेवामा, राष्ट्रको कल्याणमा, र आत्मिक जागरणको यात्रामा उहाँको जन्मदेखि नै निरन्तर समर्पित रहनु भएको छ।

उहाँले गहिरो दृष्टिले देख्नुभएको छ —नेपाल आज संकटको साँघुरो गल्लीमा छ,
तर जानकारी गराउनुभएको छ यही संकटभित्र नेपालले विश्व अध्यात्ममा नेतृत्व गर्ने स्वर्ण अवसर लुकेको छ।

म स्वयं भाग्यमानी छु,
किनभने बाल्यकालदेखि नै माताको संरक्षणमा रहेर उहाँको आध्यात्मिक तयारी, आशीर्वाद र मातृत्वको कम्पन मेरो चेतनामा प्रत्यक्ष अनुभव गर्दै आएको छु। यसैले आज म विनम्र प्रार्थना गर्छु —
यस्ता दिव्य माताहरूको संरक्षण, सम्मान र राष्ट्रिय पहिचान
हाम्रो राष्ट्रको कर्तव्य बनोस्। किनभने जहाँ मातृशक्ति जागृत हुन्छ,
त्यहाँ राष्ट्र पुनर्जन्म लिन्छ, र मानवता दिव्य मार्गमा पुनः जागृत हुन्छ।

 

हे राष्ट्रनायक सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू,
मेरो केही महिनाअघिको नेपाल यात्राको क्रममा यहाँसँग एउटा विशेष भेट र आशिषको कामनाको लागि विनम्र अनुरोध गरेको थिएँ। सम्माननीय राष्ट्रपतिको कृपादृष्टिले समय प्रदान गर्नुभएकोमा हृदयदेखि कृतज्ञ छु। तर, पारिवारिक कारणवश तुरुन्त अमेरिका फर्कनुपर्ने परिस्थितिबाट साक्षात्कार हुन नसकेकोमा क्षमा याचना गर्दछु।

समयले परिवर्तनको तीव्र गतिमा कोल्टे फेरेको छ, र म पुनः यहाँ र नवनियुक्त प्रधानमन्त्रीज्यूसँग विशेष भेटवार्ता र साझा दृष्टिकोणको आदानप्रदानका साथै विशेष जानकारीको  लागि आउने तयारीमा छु भन्ने जानकारी विनम्रतापूर्वक गराउँछु। मलाई पूर्ण विश्वास छ—यहाँहरूको अमूल्य समयको एक क्षण मलाई दिनु हुनेछ।

 

सम्माननीयज्यूहरू,

अन्त्यमा, यस पत्र पढ्न र यसमा संलग्न भिडियोहरू अवलोकन गर्न दिनुभएको अमूल्य समयप्रति हृदयदेखि नै हार्दिक कृतज्ञता व्यक्त गर्दछु।

हजुरहरूको पत्रसँगै नेपाल अधिराज्यका नेतृत्व वर्ग र राष्ट्रभक्तहरुलाई  महत्वपूर्ण र विशेष जरुरी जानकारी गराउन अनुमति माग्दछु।
नेपालको इतिहासमा तपाईँहरूको कार्यकाल शान्ति, समृद्धि र राष्ट्रिय एकताको दृष्टिले
सबैभन्दा अर्थपूर्ण र प्रेरणादायी बनोस् भन्ने हार्दिक शुभेच्छा र मंगलकामना नेपालका सम्पूर्ण नेपाली जाति, नेपाली भाषी समुदाय र विश्वभर रहेका नेपाली जनताको तर्फबाट
गहिरो सम्मानपूर्वक अर्पण गर्दछु। 

कृतज्ञता सहित हार्दिक धन्यवाद।

कवीन्द्र राज सिटौला ‘जिज्ञासु’

वासिङ्टन डिसी-भर्जिनिया

 अमेरिका 

 


नेपाल अधिराज्यका देशभित्र र विश्वभर रहनुहुने देश प्रेमी राष्ट्रभक्तहरू, नागरिक समाजका अभियन्ताज्यूहरू, नेपाली मनहरू!

नेपालको राष्ट्रपति र प्रधानमन्त्रीलाई लेखेको पत्र अवश्य पढ्नुभयो होला। हाम्री छोरीलाई लेखेको पत्रभित्रका पत्रहरू पनि पढ्नुभयो होला। पढ्नलाई समय मिलाउन सक्नुभएको छैन भने कृपया समय मिलाएर पढ्नुहोला। माथि गरेको सम्बोधन यहाँलाईनै हो, यहाँको मनलाई, हो यहाँको आत्मालाई हो, यहाँको परिचयलाई हो। यो पृथ्वी र ब्रह्माण्डको जुन कुनामा तपाईँ हुनुहुन्छ भने पनि यो सृष्टिको सबैभन्दा महत्वपूर्ण सन्देश यहाँको लागि:

मानव इतिहासमा यस्तो पूर्वप्रकाश कहिल्यै देखिएको थिएन
आज जुन परिवर्तनको क्षितिज खुल्दैछ, त्यसको केन्द्र नेपाल बन्नेछ ।

यो ब्रह्माण्डनीय परिवर्तनको प्रष्ट संकेत हो।

स्वयं तपाईँ यो महापरिवर्तनको मार्गदर्शक बन्दै हुनुहुन्छ। तपाईंको मार्गदर्शनकालमा नेपालले हाम्रा सन्ततिहरूका लागि जुन भाग्यरेखा कोर्दैछ, त्यसले हामीलाई मात्रै होइन, सारा मानवताका लागि कल्याण्कारी र पूजनीय बनाउनेछ ।

यसै सन्दर्भमा,
म सबै यहाँहरू र आज र भोलिका नेपाल अधिराज्यका नेतृत्व वर्गहरूको लागि अत्यन्तै सावधानीपूर्वक ध्यानाकर्षण गराउन जननीबाट आज्ञा भएको छ;
आजभन्दा ३७५ वर्षपूर्व कान्तिपुरमा घटित एउटा गहिरो ऐतिहासिक घटना वि.सं. १७०६ माघ ३ (January 17, 1650) बाट आत्मापछिको आत्माको पुनर्जीवित रूप रहेको ज्ञान दिनुभएको छ। त्यो घटनाले नेपालीहरूको राष्ट्रियताको, वीरताको, विवेकशीलता, विश्व नेतृत्व र आर्थिक समृद्धिको हाम्रो क्षमतालाई पुनस्मरण गराउनेछ।  साथै जालझेल, षड्यन्त्र, अन्याय, अविवेकी शासक र कायरतामा हाम्रो परिचय पनि दिन्छ। नेपाल राष्ट्र र नेपालीहरूको कठोर जीवन र चुनौतीपूर्ण भविष्य यात्राको शुभारम्भ भएको समय स्मरण गराउँछ।

देशको सदा हित चाहने, जनताको निस्वार्थ सेवक, हृदयदेखि नै एक साँचो देशभक्त, कर्तव्यप्रति गहिरो प्रतिबद्ध, इमान्दार, र निष्ठाको प्रतिमूर्ति, एक वीर नेपाली भीम मल्ल राष्ट्रको गौरवता, स्वाभिमान र पहिचानको लागिबहादुरीका साथ कर्म गरिरहेकै बेला अन्यायपूर्ण तरिकाले मृत्युदण्ड दिइएको दिन (वीर शहीद भएको दिन), अनि सतीआमा भुवन लक्ष्मी मल्ल विधवाको असहाय पीडाबाट जन्मेको श्रापले “देशमा भलाई गर्न चाहनेको यो देशमा कहिले पनि भलाई नहोस् र त्यस दरबारभित्र कसैको पनि विवेक नरहोस्” भनेर नेपाल र नेपालीको भविष्य र विवेकमा नहट्ने कालो बादल छाएको दिन ।

 

जब हामीलाई ज्ञान भयो कि हामी कलियुगको घोर अन्धकारमा थियौँ। हाम्री सतिआमालाई शताब्दियौ देखि क्षमाको लागि प्रार्थना, प्रेमको आहुति र समर्पण, कालो युगको अनुभूतिको स्मरण प्रार्थना  पछि हामीलाई आशीर्वाद बर्साउन शान्त हुनुभएको छ। 

सृष्टिकर्ता, ब्रह्माण्ड, समय, प्रकृति र आमाको आशीर्वाद प्राप्त भएको छ। यही घडीमा हामी हामी नेपाल र विश्व शान्तिको यज्ञ र होम  आरम्भ गर्नेछौं। नेपाल अधिराज्यमा पुन ज्ञान, ध्यान र ब्रह्माण्डीय ऊर्जाको बल ले प्रेम, सुख, शान्ति, समृद्धि, खुसी र आनन्द को

प्राण पुनर्स्थापन गर्नुपर्दछ ।

हामी संसारका सबै आवासीय र गैरआवासीय नेपालीहरू, नेपाली जातिहरू,नेपाली भाषीहरु, सम्पूर्ण नेपाली मूलका, संस्कृत र नेपालभित्रका विभिन्न भाषी श्रद्धेय ऋषिमुनि, योगी-तपस्वी, पूज्य गुरुदेवगण, गुरुमातृशक्तिहरू, दैवी जननी देवीहरू, ज्योतिर्मय ध्यानी-ज्ञानी महात्माहरू, मानवता र चेतनाका पुजारी महापुरुषहरू, महान नारीहरू, सम्पूर्ण धर्मपथका गुरुजन, संत, महन्त, सन्यासी आत्माहरू, ज्योतिषगण एवं श्रद्धेय आध्यात्मिक अभियन्ताज्यूहरू, हामी जहाँ जहाँ छौँ जुन आस्था र धर्मका छौं अथवा छैनौँ, संयुक्त हामी रूपमा माघ ३, २०८३ मा विश्वव्यापी महानवयुग आगमन महायज्ञ आयोजना  गर्नुपर्ने हुनेछ । यसको नेतृत्व र संयोजन नेपाल सरकारको अभिभावकत्वमा हुनुपर्नेछ,  सम्माननीय ज्यूहरुलाई यसको विस्तृत जानकारी गराइनेछ।

हनुमान ढोका नजिकको पहिलाको कोतखाना ब्यारेक बाट उत्तरपश्चिम ढोकाटोलमा विशेष विशाल “क्षमा याचना-विवेक पुनर्स्थापना र आशीर्वाद महायज्ञ” र नेपाल र विश्वभरि त्यसै दिन विशाल “महानवयुग आगमन महायज्ञ” आयोजना हुनेछ । यसको विस्तृत जानकारी र योजना नेपाल अधिराज्य र सबैलाई छिट्टैनै जानकारी गराइनेछ।

 

आमाको आशीर्वादको प्रतिक्षामा हामी शताब्दीऔंदेखि नेपाल राष्ट्रले कहिले यो घटनाको न्याय दिन्छ भने हामी कुराइमा थियौँ, सही राष्ट्र न्यायाधीशको पर्खाइमा थियौँ, नेपालकी देवीको, नेपाल आमाको, श्रद्धेय नेपाली नारीको, नेपालकी छोरी बाट न्यायको आवाज सुनिन्छ भन्ने पर्खाइमा थियौ ! 

अन्ततः समय आएको छ — आमा र भूमिसँग क्षमा माग्ने, उनको आशिर्वाद पुनः प्राप्त गर्ने समय आएको छ।  वर्तमान र भविष्यमा राष्ट्रका नाममा दुशास पूर्ण छलकपट, षड्यन्त्र गर्ने व्यक्ति, आन्तरिक र बाह्य शक्ति, समूह र योजनाहरूलाई हरूलाई आमाको शक्ति र आशीर्वादले, ज्ञानको प्रकाशले, विवेकको ज्योतिले जलाएर  भष्म बनाउँदै र सर्वनाश गराउँदै पथ प्रदर्शक हुनेछ।

हाम्रो मातृभूमि नेपाल, जसले कहिल्यै आफ्ना सन्तानहरूबाट आशा छोडेकी छैन, अब फेरि उठ्ने छ — समृद्धि र सम्मानको नयाँ उज्यालोतर्फ।
जो सन्तानहरूले एकबद्ध बनेर देश र जनताको हितमा बफादारीपूर्वक, कर्तव्यनिष्ठ बनेर निस्वार्थ श्रम, सेवा, त्याग, प्रेम, अर्पण गर्नेछन्, उनीहरू नै पाउनेछन् इतिहासको त्यो सुवर्ण अवसर —नेपाललाई विश्वका समृद्ध राष्ट्रहरूको शिखरमा उभ्याउने गौरवशाली नेतृत्वको भूमिका निभाउने अवसर, उनीहरूले अमरत्व प्राप्त गर्नेछन्- यही आशीर्वाद ज्ञान माताबाट प्राप्त भएको छ।


त्यसै दिनदेखि नेपाल राष्ट्र र  नेपालका विवेकशील छोराछोरीहरु माथि परेको श्रापको असन्तुलन ग्रह हट्नेछ, अग्निदेव स्वयंले सूर्यको किरणको रुपमा  हाम्रो विवेकलाई ढाकिरहेको कालो बादल हटाउने शक्ति दिएर छ्वाङ्ग खुला आकाश र अनन्त ब्रह्माण्ड देखिनेछ। सतिआमाको आत्मा हामीलाई सदाको लागि आशीर्वाद बर्साएर  ब्रह्मलोकमा विलय हुने छ। हामी भाग्यमानी हुनेछौं! कृतज्ञ बन्नेछौं !

त्यो बेलासम्म प्रत्येकले चाहे त्यो नेतृत्वमा जाने व्यक्तित्व होस्, व्यवसायी होस् अथवा सर्वसाधारण जीवन यापन गर्ने नागरिक होस् सबैले नेपाल सरकारबाट मान्यता प्राप्त आध्यात्मिक संस्थाहरूबाट  तयार गरिएको आधार आध्यात्मिक ज्ञान को शिक्षा हासिल गरिसक्नुपर्नेछ। अनि मात्र, नेपालमा नयाँ नेतृत्वले कार्यभार जिम्मा लिन मिल्नेछ।
शान्ति, समृद्धि, र प्रगतिको नयाँ बिहानी हुनेछ नयाँ सूर्य उदाउनेछ, प्रकृति रमाउने छिन्। 

असार २० गते २०८३ नारी स्वाधीनताको दीप,सति आमा योगमाया न्यौपाने, उहाँका ६७ अनुयायीहरू सतिदेवीहरू र जीवन साथीसँगै अग्निदेवलाई अर्पण गर्नुहुने सम्पूर्ण आदिकालदेखिका सबै सबै सति आमाहरूसँग क्षमा याचना, प्रार्थना, उच्च सम्मान प्रेम र चेतना युगको शुभारम्भको लागि आशीर्वाद ग्रहण ऐतिहासिक महायज्ञ भोजपुर जिल्लाको अरुण नदी सतीदेवी योगमाया जल समाधि क्षेत्र मा सम्पन्न गरिनेछ। 

यो अभियानमा सामेल गराउन सबैले आफ्नो आफ्नो परिवारले अस्थायी अथवा स्थायी रुपमा आफ्नो आफ्नो जन्मस्थानमै फर्कनुपर्नेछ वा केही गर्नुपर्ने हुनेछ अथवा 

मातापिताको जन्मस्थान अथवा हजुरबुवा हजुरआमाको जन्मस्थानमा; हाम्रा पुर्खाहरूको आत्मा यसले अति प्रसन्न हुनेछ, पुर्खाहरूको अनुपम आशीर्वाद आउनेछ। हाम्रा भावी सन्ततिहरू हामीप्रति प्रसन्न र कृतज्ञ बन्ने छन् ।

यस अभियानमा सहभागी गराउन मेरो तर्फबाट,
हाम्री अमृत चिरञ्जीवी ममतामयी आमा ९६ वर्षीया पूजनीया आमा मनमाया सिटौला स्वास्थ्यले सम्भव दियो भने लिई आगामी  निकट समयमै उहाँकै गृहभूमि तेह्रथुम, आठराई, उनकै प्यारो गाउँ चुहानडाँडा  लैजाने संकल्प गरेको छु । “आमा संगीत  घर” स्थापना गरेर एउटा लाइभ कन्सर्ट साथ उहाँबाट नै उद्घाटन गराउने सपना छ। 

ममतामही चिरञ्जीवी मनमाया माता अहिले पनि संगीतमानै 

गुनगुनाइ रहनुहुन्छ, मनमाया एउटा मात्र युगको कलाकार  होइनन्, चन्द्र सूर्य आकाशमा रहेसम्म, नेपालमा चन्द्र सूर्य अङ्कित झण्डा फरफराइरहनेछ। त्यो झन्डा फरफराइरहँदा मनमायाहरुका गीतहरु पनि गुन्जिरहनेछन् गुन्जिरहनेछन् त्यहाँ युगान्तरसम्म यसरी;

https://youtu.be/p5OfCgqknyA?si=vcTD3gvX-vDxZCzn

 

उहाँको उमेर स्वास्थ्यलाई आवश्यक पर्ने अत्याधुनिक अस्पतालको कार्यसम्पादन यथाशीघ्र योजना गर्नेछु ।
त्यहाँ मेरी  अमेरिकामा रहेकी अमेरिकन १५ वर्षीया छोरी, उनको हाइस्कुलको अध्ययनको लागि  उनका शिक्षा प्रेमी हजुरबुवा हरिचरण सिटौलाको नेतृत्वमा स्थापना भएको शारदा माध्यमिक विद्यालय र तेह्रथुम बहुमुखी क्याम्पसमा  अध्ययनको लागि उपयुक्त वातावरणको व्यवस्था गर्नेछु, उनलाई अनुरोध गर्नेछु । उनको साथमा उनको प्रिय पप्पी माया पनि सँगै जाने छिन् साथै मामलाका हजुरबुबा हजुरआमा पनि सँगै जानुहुनेछ । यसै प्रयोजनका लागि  तीव्र गतिमा उक्त सुन्दर क्षेत्रमा उचित आधुनिक, शैक्षिक, सांस्कृतिक, सांगीतिक र आध्यात्मिक वातावरण निर्माण गर्ने दृढ संकल्प लिएको छु । आठराईका अभियन्ता, तेह्रथुम, पाँचथर, ताप्लेजुङ, इलाम, धनकुटा र झापाका वर्तमान र विगतका जनप्रतिनिधिज्यूहरू र विज्ञहरूसँग समन्वय गरी
मध्यपहाडी आध्यात्मिक विश्वविद्यालय स्थापनाको पूर्वाधार निर्माण गर्न अग्रसर हुनेछौँ ।

यस निम्ति देश-विदेशमा रहनुभएका शिक्षा, साहित्य, संस्कार र अध्यात्ममा समर्पित समस्त नेपाली आत्माहरूलाई सद्भावपूर्वक आह्वान गर्नेछौं ।

र, 

यसमा जेन्जी (Gen Z) समूह, पूर्व सांसदज्यूहरू, नयाँ नेतृत्वमा हुनुहुने सम्माननीय ज्यूहरु, नेपाल सरकारको, सबै राजनीतिक दलहरूको, स्थानीय सरकारको पूर्ण सहयोगको आशा पनि  गरेका छौँ ।

मैले यसअघि “मेरो देश: प्रेमको देश” शीर्षकमा दश लाख कविता सङ्कलनद्वारा विश्वकै सबैभन्दा ठूलो काव्यग्रन्थ निर्माणको प्रयास आरम्भ गरिसकेको छौँ ।
यसलाई अन्तर्राष्ट्रिय स्तरको पुस्तकालय
आठराई पुस्तकालय तथा अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र, तेह्रथुम 

केन्द्रीय पुस्तकालय, काठमाडौँ

लाइब्रेरी अफ कांग्रेस, वासिङ्टन डिसी मा संरक्षण गर्ने लक्ष्य लिएको छौँ ।

नेपाल सरकारबाट आवश्यक समन्वयको औपचारिक निवेदन  चाँडै नै अर्पण गर्नेछौं ।

 

मेरो जीवनसाथी,
रञ्जिता पराजुली सिटौला,
जसले अमेरिकी भूमिमा अमेरिकी सरकार र नेपाली समाजको सेवामा
वर्षौँदेखि योगदान दिइरहेकी छन् उनीलाई पनि नेपाल फर्काई, आफ्ना विवाह पश्चात् पुर्खाहरूले पुण्य सेवा गरेको पवित्र ठाउँमा  विकास र मानवीय सेवा कार्यमा संलग्न अनुरोध गर्नेछु।

त्यस्तै, मेरा जेठा दाजु—
प्राध्यापक तथा साहित्यकार मोहन सिटौला, जसको यो उमेरमा जीवनको पनि जीवनको ऊर्जाले सबैमा प्रेरणा प्रवाह गर्दछ, जो स्वयं साहित्य ज्ञानको खानी छन्, साहित्य सेवा र मानवतामा समर्पित छन्।
८३ वर्षको जीवनको अनुभव बोकेका उहाँलाई हाम्रा माता पिता, पुर्खा र अभियन्ताहरूले अधुरा राखेका शिक्षा-साहित्यका र मानवीय सेवाका कामहरू सम्पन्न गर्न जन्मभूमिमा फर्कन अनुरोध गर्नेछु । पूज्य जेठी ठूलो भाउजु भुवनेश्वरी प्रसाई सिटौला लाई केही समयको लागि भएपनि साथमा आउन चरणमा ढोग गर्दछु।  

यो अनुपम मानव जुनीमा स्थान दिने, प्रेम दिने सम्पूर्ण सिटौला परिवार र आफन्तहरू, हामी को हौँ भनेर पहिचान दिने नेपाल राष्ट्र परिवार, हाम्रो गौरव दिने सम्पूर्ण नेपाली भाषी परिवार र, हाम्रो कर्मभूमि अमेरिकामा रहेको अमेरिकन परिवार एवं सृष्टिको रहस्यमय खोजमा लागेका सबै मानव परिवारको साथ सहयोग हुन्छ भन्ने पूर्ण विश्वास लिएको छौं।

 

अन्त्यमा—
हामी यो “विश्व प्रेम शान्ति सद्भावको यात्रा”
नेपाललाई प्रेमभूमिका रूपमा नयाँ परिचय दिने यात्राको रूपमा हुनेछ। जहाँबाट विश्वमा प्रेम शान्ति सद्भावको को विकेन्द्रीकरण आउने हजारौँ वर्षको लागि निरन्तर प्रभाह हुनेछ। यस यात्राको अभिभावकत्व नयाँ पुस्ताबाट  होस् भन्ने गहिरो अनुरोध गर्दछु ।

यस समस्त यात्राको मूल उद्देश्य—
नेपाललाई केवल भूगोल नभई भावभूमि बनाउनु हो,
नेपाललाई मात्र होइन, सम्पूर्ण विश्वमानवलाई
प्रेम, साहित्य, शान्ति, आनन्द, मानवता, र आत्मज्ञानको यात्रा तर्फ उन्मुख गराउनु हो । योग र ध्यानको महिमा पुन बिउँझाउनु हो । अनन्त विज्ञान र प्रविधिको चमत्कारले, समृद्धि र प्रगति गर्दै  हरेक क्षेत्रमा नेपालले नेतृत्व लिन सकोस् र हाम्रा सन्ततिहरू विश्वमा आत्मसम्मानपूर्वक अनन्त अनन्तसम्म बाँचिरहन पाउन्, नेतृत्वमा रहिरहन पाउन्।

त्यसैले—
सबै नेपालको समुन्नति चाहने नेतृत्व वर्गहरू, हे नेपाल राष्ट्रका युवा पुस्ताहरू हो, हे नागरिक समाज, हे नेपाली भाषी परिवार यहाँहरूलाई सृष्टि-परिवर्तनको चाबी हस्तान्तरण गर्न जननी माताको निर्देशन र आशीर्वादमा म यो विशेष पत्र पठाउँदैछु। हामी सबैले अमरत्त प्राप्त गर्ने, परमानन्द अनुभूति गर्ने, समय समय आएको छ। हामी अति भाग्यशाली बन्दै छौँ।

हार्दिक आभार सहित धन्यवाद।

जय सतिआमा !

जय नेपाल राष्ट्र !

जय नेपाल आमाका सच्चा छोराछोरी !!!

तपाईहरुको सेवक,

कविन्द्र सिटौला ।