नेपालका कर्मचारीहरूमा समर्पित विशेष पत्र

१३ असार २०८१ (June 28, 2024)

मुख्य सचिव डा. बैकुण्ठ अर्याल लाई अमेरिकाबाट विशेष पत्र

(नेपालका कर्मचारीहरूमा समर्पित विशेष पत्र)

 

आदरणीय (पूर्व) मुख्य सचिव डाक्टर वैकुण्ठ अर्यालज्यू,

अमेरिकाबाट हार्दिक नमस्कार!

एक कवि हुँ। २०४६ को जनआन्दोलनको एक जिउँदो घाइते सहिद पनि हुँ। नेपाल नेपालीलाई माया गर्ने गैर आवासीय नेपाली हुँ। अध्यात्मबाट परिचय गर्दा एक अमर आत्मा हुँ! जगतको समुन्नतिको अपेक्षा गरिरहने एक असल मानव!

नेपालजस्तो गौरवशाली राष्ट्रको गरिमामय उच्च पद मुख्यसचिव भएर सेवा गर्नुभएकोमा हार्दिक बधाई अगाडिका दिनमा सफलताको शुभकामना दिन चाहन्छु। पक्कै पनि त्यहाँ पुग्न यहाँको जीवनका चुनौती, आरोह प्रेरणाका कथाहरू धेरै छन् सो क्षमताको उच्च कदर गर्न पनि चाहन्छु। समयले साथ दिएमा यहाँबाट ज्ञान अनुभवहरू अवश्य सिक्नेछु।

तर यहाँ के भयो? आदरणीय मुख्यसचिव डा. वैकुण्ठ अर्यालज्यू?

चार दिनपहिले नेपालका अनलाइन मिडियाहरूको हेडलाइनमा तपाईंविरुद्ध अख्तियारले भ्रष्टाचारको ठूलो आरोपमा मुद्दा दायर भएको समाचारले दुःखी बनायो। मेरो कामना , सो आरोप असत्य होस्!

मुख्य सचिवज्यू नेपाल नेपालीप्रति सधैं संवेदनशील रहन्छु। एक वर्षअघि सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराज्यूमाथिको भ्रष्टाचारको समाचारले धेरै दुःखी बनेको थिएँ। , रुँदैरुँदै कविता लेखेको थिएँ। कसरी एक न्यायमूर्ति जो भगवानको प्रतीक हुन्छ आफै अन्यायी भ्रष्टाचारी हुन्छ भनेर?

अलमलिएँ, फेरि क्रोधित बनेँ, चिन्तित बनेँ, पीडा भयो, सत्य के हो थाहा भएन अनि सायद एक असहाय सहिदको रूपमा रुँदै ( कमजोर भने पक्कै होइनँ ), आफूले ज्यान बलिदान गरेर लडेको देशको धेरै याद आयो, नेपाल राष्ट्र नेपाली जनताको धेरै  धेरै माया लाग्यो अनि भावुक भए धेरै भावुक  बने !  अनि , यो कविता वाचन गरेको थिएँ यसरी– (यूट्युब अभिलेख बाट)

https://youtu.be/uYGCzVUjHnI?si=Ez7FFfzsM1g2MRhy

 

हाम्रो संस्कार पहिचान यो होइन, यस्तो हुनु हुँदैन! आदरणीय मुख्य सचिवज्यू हामी यो हुँदै होइनौं!

आदरणीय मुख्य सचिवज्यू , कस्तो दुर्भाग्य, भ्रष्टाचार हाम्रो संस्कार बनेको छ। भ्रष्टाचार हाम्रो पेशा बनेको छ। गौरवमय पेशा ! उसलाई हामीले हाम्रो विशेष अतिथि पाहुना बनाएर राखेका छौं। नेपालको इतिहासमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने मुख्य व्यक्तिलाई पहिलोपटक लागेको अपत्यारिलो भ्रष्टाचारको मुद्दा सुन्दा लिच्छविकालीन अंशुवर्माको पालादेखि अहिलेसम्म प्रशासनको नेतृत्व गर्नुहुने सबैसबै इमान्दार नेतृत्व वर्ग असल कर्मचारीहरूलाई सम्झन मन लाग्यो, वहाँहरूलाई धन्यवाद ज्ञापन गर्न मन लाग्यो, आभार व्यक्त गर्न मन लाग्यो।

सबै कर्मचारीहरू भ्रष्ट हुँदैनन् , नैतिकवान, निष्ठावान, इमान्दार तरिकाले सफलताको शिखरमा पुग्न नेपाली जनतालाई निस्वार्थ  सेवा दिन कर्मनिष्ठ कर्तव्यनिष्ठ सदा रहन प्रयत्नशील रहन्छ कटिबद्ध रहन्छन्।

 

अनि यो कविताबाट केही मनको सन्देश सम्पूर्ण आदरणीय कर्मचारीज्यूहरूमा समर्पण गर्न मन लाग्यो। नेपालमा होस् अथवा नेपालबाहिर, सबैसबै असल कर्मचारीहरूको सहयोगले नै आज हामी विश्वभर नेपाली भएर गौरवका साथ परिचित हुन पाएका हौँ, पाएका छौँ त्यसैले उहाँहरूको लागि यो कविता समर्पण गर्न चाहन्छु

कर्मवीर कर्मचारी !

कर्मचारी, तिमी
कर्म खोज्दैखोज्दै हिँड्छौ
तिमी कर्तव्यनिष्ठ
कर्मलाई धर्म मान्दछौ
आफ्नो गाउँठाउँलाई माया गर्दछौ
नेपाल राष्ट्र नेपाली जनताको अनवरत सेवा गर्दछौं,
निस्वार्थ सेवालाई जीवन ठान्दछौ !

तिमी प्रत्येक नागरिकलाई
सन्तुष्ट बनाउन
सधैँ कर्ममा तल्लीन रहन्छौ
तिमी स्वदेशमा नै रमाउँछौ
नेपालको टोल, गाउँ, सहर, बगर, नहर, लहरा, पहरा अनि
छहरामै तिमी रमाउँदछौ
देउराली, भन्ज्याङ, डाँडाकाँडा, टाकुरा अनि पखेरीहरूमा नै
तिमी खेल्छौ, दौडिन्छौ , हेर्छौ, सिक्छौ केही विकास गर्ने
अठोट गर्छैा

राष्ट्रसेवक बन्नुमै तिमीलाई गौरव छ।
नेपाल राष्ट्रको कर्मचारी भन्नुमा नै तिमीलाई सान मान छ।
प्रत्येक दिन उत्कृष्ट कार्यतिर तिम्रो द्रुत कोसिस रहन्छ,
नयाँपनबाट कार्य गरे परिवर्तन सम्भव भन्ने तिम्रो विश्वास छ।

आफ्नो मौलिक राष्ट्रिय पहिरन
चट्ट मिलेका दौरा सुरूवाल, ढाका टोपी चौबन्दी ढाका सारी
तराई, मधेस, पहाड हिमालका विभिन्न सांस्कृतिक भेषभूषाहरू
हरेक दिन तिम्रो पहिरन

चमेनागृहमा साथीभाइसँग खाजा सँगै खाँदैखाँदै मिठामिठा गफ, हाँसीमजाक आहा कति रमाइलो !
दु:,सुखका क्षणहरू बाँड्दै
कहिलेकाहीँ पार्र्टीमा मस्त, खेल, घुमघाम मनोरन्जन
साथीको साथले जिन्दगी
आहा कति घमाइलो !

विदेशको तिर्सनाले तिम्रो मन कहिल्यै रोएन
विदेशको सुख सयलको लोभले तिमीलाई छुँदै छोएन
विदेशको तामझाम वा सम्पन्नताले तिमीलाई तान्दै तानेन
आफ्नो मतृभूमि छोड्न तिम्रो मन मान्दै मानेन

तिमी आफ्नो परिवारलाई स्वर्ग ठान्दछौ!
आमाको मायाँ भन्दा ठूलो सृष्टि केही छैन भन्ने मान्दछौ
जीवनसाथीको साहसिलो साथ पूर्ण भरोसाले
स्वदेशमै सुन्दर सृजनाको
फूल फुल्छ भन्ने जान्दछौ।

प्रेम, योग, ध्यान ज्ञानको मिठो आनन्द यसैमा लिँदै
शान्तिको सुवास यहीँ छर्छु भन्दछौ
आफ्नै भाषा सस्ंकृति, परम्परा, संस्कार, मूल्य मान्यतामा रम्दै
तिमी प्यारो देश नेपालको हुनुमा नै ……
नेपाली बन्नुमा नै सदा आफूलाई गौरवान्वित भाग्यमानी ठान्दछौ।

वीरता, राष्ट्रियता, अखण्डता अनि स्वाभिमानलाई आफ्नो
पहिचान ठान्दै
राष्ट्रसेवालाई कर्म धर्म मान्दै
निरन्तर खटिरहने निरन्तर डटिरहने
निरन्तर अघि बढिरहने
हे कर्मवीर कर्मचारी
हे राष्ट्रसेवक
तिमीलाई उच्च सम्मान!
तिमीलाई उच्च सम्मान!!
तिमीलाई हार्दिक अभिनन्दन !!
हार्दिक अभिनन्दन !!

आदरणीय मुख्य सचिवज्यू, हजुर सम्पूर्ण कर्मचारीहरूको नेता हुनुहुन्थ्यो, खम्बा मेरुदण्ड हुनुहुन्थ्यो। संरक्षक हुनुहुन्थ्यो। यहाँले एक उदाहरण बनेर भोलिको नेतृत्वलाई निडर नेता स्वाभिमानी राष्ट्रसेवकको छाप छोडेर जान सक्नुपर्थ्यो, त्यही कारण यहाँलाई राष्ट्रले जिम्मेवारी दिएको थियो।

यहाँका लगि यो अनुपम सुवर्ण अवसर थियो ।कर्मचारीहरूको सान मानलाई उठाउने, राष्ट्रलाई उचाल्ने, नेपाली जनतालाई आशा, सुख, निस्वार्थ सेवा शीतलता दिने, परिवर्तनको इतिहास रच्ने, तपाईँलाई ब्रह्माण्डले दिएको क्षमताको पूर्ण प्रदर्शन गर्ने,यस्तो अवसर समयले एकपटक मात्र दिन्छ, हामी प्रत्येकले यो चिन्नुपर्छ, जान्नुपर्छ बुझ्नुपर्छ।

भ्रष्टाचार यो तहमा प्रष्ट देखिएपछि के नै बाँकी रह्यो ! भित्रभित्रै सयौँ हजारौँ अनि हरेक तहमा हरेक प्रकारका भ्रष्टाचार मिलेमतोमा पक्कै भइरहेका छन् नै भन्ने बुझ्नुपर्छ!

तर माथि भनेजस्तै धेरै कर्मचारी कर्मप्रति बफादार छन्। सबै कर्मचारीहरू भ्रष्ट हुँदैनन्, उनीहरू नैतिकवान् जिम्मेवार एक असल सेवक हुन्छन्, इमान्दार हुन्छन्। ती सबै कर्मचारीहरू यो समाचारबाट हतोत्साहित भएका छन् उनीहरूको आत्मसम्मान स्वाभिमानमा पक्कै पनि गहिरो चोट पुगेको हुनुपर्छ मानिसहरूमा सबै कर्मचारीहरू यस्तै नै हुन्छन् भन्ने धारणा विकास हुनसक्छ यसले विश्वासको संकटको विकास हुनसक्छ।

आदरणीय सचिवज्यू, विसं २०४६ सालको जनआन्दोलनमा एक महत्त्वपूर्ण भूमिका खेल्नेहरूमध्ये एक पनि जिउँदो घाइते सहिद हुँ। त्यसैले यस्ता समाचारहरू सुन्दा पढ्दा देशको लागि दिएको बलिदानको पीडा बल्झिन्छ।

यस्तो कर्मका लागि जीवन आहुति दिन हामी अगाडि बढेका थिएनौँ भनेर क्रोध आउँछ सचिवज्यू ! एउटा जिउँदो सहिदको नाताले यहाँको बारेमा यो लेख्ने दुस्साहस गरेँ, भूलमा क्षमा चाहन्छु !

यो भन्न चाहन्छु कि भ्रष्टाचार आर्थिक वा पैसाको मात्र भइरहेको छैन, राजनैतिक भ्रष्टाचार, सामाजिक भ्रष्टाचार, संस्कार संस्कृतिको भ्रष्टाचार, नेपाली स्वाभिमान माथिको भ्रष्टाचार, पहिचान वीरता माथिको भ्रष्टाचार, एकता शान्तिमाथिको भ्रष्टाचार, हाम्रा सन्ततिहरूको भविष्यमाथिको भ्रष्टाचार, नैतिकताको भ्रष्टाचार !
यस्ता यस्ता सर्वत्र भ्रष्टाचारहरू व्यापक भइरहेका छन्। हामीहरू कता के गरिरहेका छौँ, आदरणीय सचिवज्यू ?

तपाईँमात्रै दोषी हुनुहुन्न, हाम्रा सन्ततिहरको लागि हामी सबै दोषी छौँ, सबै !

भ्रष्टाचारलाई हेरेर बस्नु, थाहा पाएर बस्नु पनि भ्रष्टाचार नै हो। स्वाभिमानी नेपाली जनतालाई दुःखी बनाउने भ्रष्टाचारीहरू जो कोही भए पनि नेपाली जनतासँग ती सबैबारे जान्ने, चिन्ने न्याय माग्ने अधिकार नै।

अब यसको एउटै मात्र निराकरण :
त्यो हो, “प्रेमकानुन” ?

जब देशलाई निस्वार्थ प्रेम गरिन्छ, जब कर्म कर्तव्यलाई मनबाटै प्रेम गरिन्छ, जब हाम्रा सहिदहरूको सपना वलिदानलाई ससम्मान प्रेम गरिन्छ, जब जनताका आशा भावनाहरूलाई हृदयबाट प्रेम गरिन्छ, जब हाम्रा नयाँ सन्ततिहरूको सुन्दर भविष्यलाई खुसी उत्साहपूर्वक प्रेम गरिन्छ, “जब कानुनलाई धर्म सम्झेर भगवानलाईझैँ प्रेम सम्मान गरिन्छ, अनि कानुनबाट डराइन्छअनि जब आफू नैतिकवान् बनेर आफैंलाई प्रेम गरिन्छ, भ्रष्टाचार कसरी प्रवेश गर्छ होला आदरणीय मुख्य सचिवज्यू ? भ्रष्टाचारले कसरी प्रेमको विशाल ढाल लक्ष्मण रेखालाई छेड्न तोड्न सक्छ? भ्रष्टाचारीले कसरी न्यायको तराजु हल्लाउन सक्छन् ? कर्मचारी भ्रष्ट नभएपछि, कर्मचारी इमान्दार कर्तव्यनिष्ठ भएपछि  मन्त्रीहरू, प्रधानमन्त्री भ्रष्ट हुन सक्दैनन्। जब उनलाई डर हुन्छ कि कर्मचारीहरु नैतिकवान छन्- भ्रष्टाचारको कुरा गरिनु हुँदैन, त्यहाँ भ्रष्टाचारको फाइल लगिनु हुँदैन भनेर उनीहरु सतर्क बन्छन्। । संस्थागत भ्रष्टाचार त्यहाँ रोकिन्छ, यदि   कर्मचारीहरु नेपाली जनताको लागि भ्रष्टाचारको विरुद्ध ढाल बनेर बसिदिनुभयो भने नेपाली जनताको खुसी हाँसो नेपाल आमाको सम्मान त्यहीँबाट सुरु हुन्छ 

आदरणीय सचिवज्यू ?

भ्रष्टाचारले छोएपछि कानुनले जे भन्छ पालना गर्नुपर्छ सबैले।
माननीय न्यायाधीशहरूले, न्यायका मूर्तिहरूले कसैको प्रभावमा नपरी, भ्रष्टाचारी नबनी न्याय दिनुपर्छ, आँखा चिम्लेर अनि मात्र न्यायिक राज्यको स्थापना हुनेछ।

आदरणीय मुख्य सचिवज्यू, सत्यतामा रहेर यहाँले न्याय पाउनुपर्छ, पाउनुहुनेछ।
परिणाम जे हुनेछ, चिन्ता नगर्नुहोला कत्ति पनि

यो जीवनचक्रममा प्रकृतिको नियमअनुसार हामी सबै आफ्नो कर्मनुसारको फल भोग्दैभोग्दै जान्छौं।

अन्त्यमा,

आदरणीय पूर्व मुख्य सचिवज्यू,
हामी अँध्यारो युगमा थियौँ

अब युग रूपान्तरण हुँदैछ, अब हामी प्रेमको उज्यालो प्रकाश बोकेर नेपाल, नेपाली विश्वको लागि चेतनाको उज्यालो युगतिर अघि बढिसकेका छौँ ! हामी यो कालखण्डको खराब युगको अति अन्त्यमा छौँ हाम्रो चेतनालाई अझै अज्ञानताले ढाकिराखेको । हाम्रो  विवेकलाई कालो बादलले ढाकिराखेको । प्रेम, ध्यान ज्ञानको शक्तिबाट यसलाई नहटाएसम्म हामी नकारात्मक शक्तिको प्रभावमा परिरहने छौँ !

अझै पनि यस्तै अकर्महरूले हामीलाई आकर्षित गरिरहनेछन् गल्तीकमजोरी जीवनका सिक्ने ठूला अवसरहरू हुन। त्यसैले यसलाई सबैले अनुभूति गरेर आध्यात्मिक शक्तिलाई ब्यँझाएर युग परिवर्तनको अभियानमा सहभागी बन्न उच्च प्राथमिकता साथ तयारीको अवस्थामा रहन हार्दिक निमन्त्रणा आह्वान गर्दछु !

बाँकी जुलाई अमेरिकाबाट बिशेष सन्देशको लागि प्रतीक्षा गरिदिनुहुन हार्दिकतापूर्वक अनुरोध गर्दछु !

प्रकृतिले दिएको सुन्दर देश नेपाल सुन्दर नै रहनेछ !
ब्रह्माण्ड सृष्टिले छानेको पृथ्वीकै उच्च पवित्र आध्यात्मिक भूमि नेपाल पवित्र नै रहनेछ

तपाईँको जय होस् !
कर्मचारीको जय होस् !!
नेपालको सदा जय होस् !!!
सबैको जय होस् !!!!
नेपाल आमाको कल्याण होस् !

 

तपा ईँको, नेपालका कर्मचारी एवं राष्ट्रसेवकहरूको सदा शुभचिन्तक 

कविन्द्रराज सिटौला अमेरिका

(पछि विशेष अदालतले पूर्वमुख्यसचिव वैकुण्ठ अर्याललाई सफाइ दिएको थियो)