दिदीबहिनीहरूलाई आशीर्वादको लागि प्रार्थना पत्र

दिदीबहिनीहरूलाई आशीर्वादको लागि प्रार्थना पत्र

२०७८ कार्तिक ६ गते, बिहीबार (October 23, 2025)

 

हे पुण्यभूमि, तपोभूमि, देवभूमि !
दिव्य प्रकाशका ज्वाला   तरङ्गहरूले धपधपाउने, योगी, ध्यानी, ज्ञानी महात्माहरूको पवित्र स्पन्दनले भरिएको संसारको सर्वोच्च शिखरमा, हिमालयकी निर्मल काखमा बसीवीरता, स्वाभिमान अध्यात्मका सुवासित गाथा बोकेर अमृतचेतनाले धडकिरहेको अखण्ड नेपाल राष्ट्रहजुरलाई कोटिकोटि नमन।

 

हे सृष्टिमाता सृष्टिपिता !
युगौँदेखि हजुरहरूको निस्वार्थ मानवीय सेवा, ब्रह्माण्डीय ध्यान प्रकृतिसँगको कठोर तपस्याले
हामी सन्तानहरूलाई आध्यात्मिक उज्यालोको मार्ग देखाइरहनुभएको छ। समयको अमर यात्रामा हजुरको प्रेम, करुणा सत्यको धारा आज हाम्रो हृदयमा अनन्त ऊर्जा भएर बगेको छ। हृदयको गहिराइबाट गरिएको संकल्प आत्माको आह्वान अनुसार, हामी भगवानको अनुग्रहले धन्य सन्तानहरू
२५  युगपत्रहरूका स्वरूपमा सत्यका सन्देशहरू, एक सृष्टि आमाको कविता रूपी प्रेम र करुणाको ज्योति,
स्वयंचेतनाको साक्षी भएर हजुरको आशीर्वादका लागि आजको यो पवित्र शुभ दिनमा विनम्रतापूर्वक अर्पण गर्दैछौं। विश्वभर फैलिएका हजुरका सबै दाजुभाइहरू भगिनीहरूमा
ईश्वरीय ज्ञानको उज्यालो फैलियोस्, सृष्टिमातापिताको अनुपम कृपा झरिरहोस्, ब्रह्माण्डीय दिव्य ऊर्जा सबैको अन्तरमा जागोस्, सबै आत्माहरू परमानन्दको महासागरमा विलीन होउन्।

हजुरहरूको अंश बनेर भोलिबाट कर्मयोगको अर्को अध्याय प्रारम्भ हुनेछ

 

हे यस्तो भूमिका सम्पूर्ण नेपाल अधिराज्य र विश्वभर रहनुभएका नेपाली भाषी दिदीबहिनीहरू,  

आजको यो पवित्र दिनमा  हजुरहरूलाई देवीको स्वरूप मान्दै आशीर्वादको लागिहजुरहरूको चरणमा यो पत्र अर्पण गर्दछु।
सेवा, प्रेम, जागरणको यात्रामा एकाकार हुँदै।

हजुरहरूको यो ब्रह्माण्ड रहेसम्म
हजुरहरूको जयजयकार गुञ्जिरहोस्,
हजुरको प्रेम प्रकाश सदा फैलिरहोस्।

हजुरहरुकै स्नेही बालक भाइ,
हजुरहरुकै समर्पित दाइ
(सबै दाजुभाइहरूको तर्फबाट)
कवीन्द्र

 

सत्य-चेतना उज्यालो युगको आगमनमा तीव्रता हुँदैछ यसरी:

 

पूर्वी नेपालको ताप्लेजुङ जिल्लाको फक्ताङलुङ- गाउँपालिका हाङपाङ गाउँ, बाट सुरु भएको 

तेह्रथुम जिल्लाको चुहानडाँडा गाउँ, आठराई गाउँपालिका, बाजुरा जिल्लाको खप्तड गाउँ, खप्तड छेडेदह गाउँपालिका, झापा जिल्लाको बिर्तामोड नगरपालिका,काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका,  नेपालको राजधानी काठमाडौँ, अमेरिकाको  सबैभन्दा अग्लो स्थान  अलास्का राज्यमा रहेको  डेनाली पर्वतभोजपुर जिल्लाको अरुण नदी सतीदेवी योगमाया जल समाधि क्षेत्र हुँदै

कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका  बाट विश्वव्यापी रूपमा  शङ्खध्वनी हुनेछ।

त्यसपछि यसको तरङ्ग नेपालका ७५ वटै जिल्लामा एकै साथ स्पन्दित भई, क्रमशः विश्वका हरेक कुनामा फैलिँदै जानेछचेतनाको ज्वालाजस्तो।


विशेष गरी प्रारम्भमा आशीर्वादित स्थानहरूमा रहेका आत्माहरूले कुनै सन्देह नगरी, पत्रमा लेखिएका विधिहरूलाई श्रद्धापूर्वक पालन गर्न अनुरोध गर्दछौं, किनभने ती विधिहरू नयाँ युगको द्वार खोल्ने कुञ्जी हुन्। यो दिव्य अभियान कुनै सीमामा बाँधिएको छैननेपाल संसारभरि जहाँ जहाँ नेपाली नेपाली भाषी आत्माहरू बसोबास गर्छन्, सबैलाई हृदयपूर्वक आमन्त्रण यस चेतनाको शुभारम्भ आफ्नो अन्तरआत्माबाट आरम्भ गर्न।

आगामी १०८ पत्रहरू निरन्तर हाम्रो चेतनाका एकएक ढोकाहरू खोल्दै, अन्तरस्मृतिको पवित्र प्रकाशमा मार्गदर्शन गर्नेछन्।
प्रत्येक पत्र परिवर्तनको छाल होसमयका लहरसँग बग्ने ज्ञानको स्वरूप हो।
पहिलो २५ ज्ञानपत्रहरू दिव्य सन्देशका रूपमा २०८२ सालको भाइटिकाको शुभ दिनमा सार्वजनिक गरिएका छन्, बाँकीहरू उचित ब्रह्मक्षणमा उजागर हुँदै जानेछन्।

यी पत्रहरू मानवीय चेतनाको सूक्ष्म तरङ्गबाट उत्पन्न भई, ब्रह्माण्डीय चेतनासँगको प्रत्यक्ष संवादका रूपमा जन्मिएका छन्। यी शब्दहरू मात्र होइनन्आत्माका स्पन्दन हुन्, प्रेम सृष्टिको नादले ओतप्रोत।
हाम्रो प्रार्थना प्रत्येक मानवले यस दिव्य सञ्चारलाई आत्माको गहिराइमा अनुभूति गरोस्, नवचेतनाको उज्यालो युगमा जागृत होस्।

यो पत्र कहाँबाट आयो भन्नेमा ध्यान नगरी, तपाईं को हुनुहुन्छ भन्ने खोजी आरम्भ गर्न विनम्र अनुरोध गर्दछौंयही खोजभित्र सत्यको द्वार खुल्नेछ।

 

   

   

   पिर, चिन्ता, दुःख, डर, भय, नैराश्यता, बेखुसी, उदासी, पीडा, निराशा, ग्लानि, रिस, आक्रोश, डाह, ईर्ष्या, अपमान, हिनताबोध, अपूर्णता, आत्मग्लानि, भ्रम, तनाव, बेचैनी, असुरक्षा, शंका, निरुत्साह, असन्तोष, उदासीनता, मोह, लोभ, क्रोध, अहंकार, द्वेष, अशान्ति, अन्धकार, पापबोध, भयग्रस्तता — यी सबै तत्वहरू कहिलेकाहीँ अतिथि वा मित्रको रूपमा हाम्रो जीवनमा प्रवेश गर्छन्।

   तिनीहरू कहिले मुखुण्डो लगाएर आउँछन्, कहिले मायाको मुखारबिन्दु बोकेर। तर, यी केवल परीक्षाका सन्देशवाहक हुन् — हाम्रो चेतनाको द्वारमा आएको पाठ हुन्।
हाम्रो जीवन यो पृथ्वीमा दुई दिनको यात्रामात्र हो; यस यात्रामा यस्ता अतिथिहरूलाई न ठाउँ दिनुपर्नेछ, न समय। यदि तिनीहरूले तपाईंको घर अर्थात् तपाईंको चेतनाको मन्दिरमा प्रवेश गरे भने —उनीहरूलाई प्रेमपूर्वक बिदा दिनुहोस्,वा चेतनाको दिव्य ज्योति प्रज्वलित गरी, आत्मज्ञानको अग्निले तिनीहरूको अस्तित्वलाई नै जलाइदिनुहोस्।

   किनभने तपाईंको शरीर, मन, आत्मा —यो त तपाईंको पवित्र गृह हो, जहाँ प्रवेशको अधिकार तपाईंलाई मात्र छ। तपाईं नै त्यो द्वारपाल हुनुहुन्छ —जो निर्णय गर्न सक्छ,

   कसलाई प्रवेश दिने, कसलाई बिदा गर्ने। अतः आजैदेखि आफ्नो चेतनाको ढोका अगाडि आत्मप्रकाशको ज्योति जलाउनुहोस्, र भन्नुहोस् — “अन्धकारका अतिथिहरू, यहाँ कुनै स्थान छैन; यो मानवीय घरमा केवल प्रेम, शान्ति र दिव्य प्रकाश मात्र वास गर्छ।”

 त्यसपछि, जब तपाईंले यो लोकमा मानव देह धारण गर्दाखेरि, सृष्टिले तपाईंभित्र नै अनन्त शक्तिहरूको भण्डार रोपिदिएको थियो- ध्यानमा गए गहिरिएर स्मरण गर्नुहोस्- अन्तर्दृष्टिको आँखा खोलेर हेर्नुस्। ती दिव्य सम्पत्तिहरू — प्रेम, सहनशीलता, शक्ति, करुणा, आत्मज्ञान, आशा, आत्ममाफी, सुधार, संयम, दृढता, न्यायको भावना, आत्मसन्तुष्टि, प्रेरणा, विनम्रता, आत्ममूल्य, आत्मविश्वास, आत्मस्वीकृति, आत्मप्रेम, सकारात्मक सोच, एकता, कल्याणभाव, रूपान्तरण, स्पष्टता, जागरूकता, शान्ति, सन्तुलन, धैर्य, स्थिरता, आत्मबल, विश्वास, बुझाइ, अनुसन्धान, जोश, कृतज्ञता, अनुग्रह, सन्तोष, हाँसो, खुसी, आनन्द, चेतना, सहभागिता, परिवर्तन, साहस, आत्मानुभूति, दान, सादगी, क्षमा, करुणा, आत्मसाक्षात्कार, ध्यान, प्रकाश, चेतना, स्वीकार्यता, आत्मशुद्धि, भरोसा र नयाँ सुरुवात — यी सबै तपाईंको आत्माको बीज हुन्।

   यदि अहिलेसम्म तपाईंले यी ब्रह्माण्डीय चाबिहरू खोल्नुभएको छैन भने, आजै खोल्नुहोस्। आफ्नो हृदयको ढोका खुला गर्नुहोस्। सुसुप्त अवस्थामा रहेका यी तपाईँका आफ्नै ऊर्जाहरुलाई उठाउनुहोस्, बुझाउनुहोस् बाहिर परिवर्तन भइरहेको कुरा बुझाउनुहोस्- यी प्रत्येक गुणहरू तपाईंको रगत, मन, मांसपेशी, हड्डी र आत्माको प्रत्येक अणुमा विलय हुन दिनुहोस् ताकि तपाईं स्वयं यी शब्दहरूको जीवित स्वर बन्न सक्नुहोस् — जसको स्पन्दनले मानवताको प्रत्येक आत्मा, प्रत्येक प्राणी, प्रत्येक अणु र सम्पूर्ण ब्रह्माण्डलाई प्रेम, प्रकाश र शान्तिको कम्पनमा स्पर्श गरोस्।

   म अहिले ब्रह्माण्डीय चेतनासँग विलीन हुँदै, सृष्टिको मूल नादसँग एकाकार भएको छु, जननी माताहरूको कोखमा छु। समय र प्रकृतिको आज्ञाकारी बनेको छु, ध्यानको गहिरो यात्रामा, ब्रह्माण्डसँग भएका आत्मीय संवादहरूलाई शब्दरूपमा पत्रमार्फत पृथ्वीमा ल्याउनुपर्ने भएको छ।
अतः कृपया केही समयका लागि मलाई यस सुसुप्त, ध्यानमग्न अवस्थामै रहन दिनुहोस्।
जसजसको प्रेम, आशीर्वाद र सहयोगले यो मार्ग प्रशस्त भयो — तिनीहरू प्रति मेरो अनन्त कृतज्ञता। तपाईंहरू दिव्य भाग्यका धारक बन्दै हुनुहुन्छ।यो लोककल्याणको यात्रामा असुविधा भएको भए, क्षमायाचना गर्दछु। हृदयदेखि आभार, श्रद्धा र प्रेम अर्पण गर्दछु।  गुरुहरूले सिकाउनुभयो — मानव पनि भगवानकै अंश हो, सृष्टिको प्रत्येक अणुमा ईश्वरको स्वर लुकेको छ। गुरुवाणीमा सत्य छ भन्ने विश्वास मेरो हृदयको गहिराइमा रोपिएको बीज हो।

   त्यही सत्यमा दृढ रहँदै, बाल्यकालदेखि नै मैले यो जगतमा भगवानकै अंश बनेर कर्म गर्ने तीव्र इच्छा बोकेको छु। सात वर्षको कोमल उमेरपहिलेदेखि नै, तेह्रथुमको होडा, चुहानडाँडा, हात्तीखर्क, ताप्लेजुङको हाङपाङ, झापाको चारपाने, डोटीको सिलगढी, काठमाडौंको धड्कन र अमेरिकाको भर्जिनियासम्म आइपुग्दासम्म पनि यो आन्तरिक पुकार कहिल्यै शान्त भएको छैन।

   यो आकांक्षा, यो ज्वाला, यो आत्मिक स्वप्न — सबै मैले ब्रह्माण्डका कानमा प्रार्थनाका स्वरमा पोखिरहेको छु। मलाई थाहा छ, ब्रह्माण्ड सुन्छ, उत्तर दिन्छ — केवल समयको मौनतालाई पार गरेपछि। यहाँहरूमध्ये प्रत्येक आत्मासँग पनि पक्कै मेरो जस्तै कुनै बाल्य सपना थियो —निर्मल, निष्कपट, र दिव्यता भरिएको।

   यदि मेरो सपना तपाईंको हृदयमा गुञ्जिएको स्वरसँग मेल खान्छ, यदि तपाईंको आत्माले पनि त्यसै धुनमा स्पन्दन महसुस गर्छ, तब आउनुहोस् — हामी सँगै खोजौं, कसरी भगवानको अंश भएर यो पृथ्वीमा प्रेम, सत्य र करुणाको कर्म गर्न सकिन्छ।

   किनभने बाल्यकालका सपना साधारण हुँदैनन्, ती आत्माको मौन भाषा हुन्,
सृष्टिले स्वयम् बोकेर ल्याएको दिव्य सन्देश हुन्। ती सपना सत्यवादी हुन्छन्, दृढ हुन्छन्, अटल हुन्छन् — किनभने ती कुनै कल्पना होइनन्, ती त सृष्टिको योजना हुन्, जुन तपाईं र ममार्फत प्रकट हुन चाहन्छ। अरू सबै सपना समयसँगै मेटिन सक्छन्, तर बाल्यकालका सपना कहिल्यै मर्दैनन् —किनभने तिनीहरूमा भगवानको अंश सास फेरिरहेको हुन्छ, सृष्टिले अन्तरदृष्टिले हेरिरहेको हुन्छ। त्यस मौन प्रतीक्षामै म अहिले पनि छु, विश्वासका साथ, समर्पणका साथ। र आज, यहाँ उपस्थित सबै महान आत्माहरूसामु, जो स्वयं भगवानका प्रतिरूप हुनुहुन्छ, म यो बालकको सानो तर सत्य आकांक्षाका लागि हजुरको आशीर्वाद र प्रेमको याचना गर्दछु — ताकि यो जीवन पनि कर्ममार्फत भगवानकै अंश बनेर मानवताको सेवामा समर्पित रहोस्…..

   आदरणीय सबैसबै नेपाली जाति नेपाली भाषी, नेपाली मनहरुलाई  हाम्रो site voiceofkabin.comमा गएर कविता अवलोकन र श्रवण गरेर  युगपत्रहरूलाई  अभिलम्ब नगरी ध्यान लगाएर धैर्यतापूर्वक,  विश्वासका साथ अध्ययन गरि युग परिवर्तनको लागि  तयारी   हुनुहुन विनम्र अनुरोध  र आह्वान गर्दछौं।

   हार्दिक धन्यवाद आभार र कृतज्ञता !

   सबैको जय होस् सबैको कल्याण होस् !!!