सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, एवं नेपाल सरकार
बिपिन जोशीलाई राष्ट्रिय सम्मान दिइयोस्।
सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीज्यू, एवं नेपाल सरकार
नमस्कार एवं सादर प्रणाम !
नेपाली इतिहास वीरताको अमर गाथाले उज्यालो छ — र प्रत्येक पुस्तामा त्यो साहस पुनः
जन्मिन्छ।
दोस्रो विश्वयुद्ध इरावती नदीको पश्चिमी किनारमा रहेको बर्माको ताउङदावमा, मे १२/१३,
१९४५ को राति, ब्रिटिस भारतीय गोर्खा राइफलम्यान लछिमन गुरुङ आफ्नो प्लाटुनको
सबैभन्दा अगाडिको पोस्टमा थिए। ०१२० बजे कम्तिमा २०० शत्रुहरूले उनको कम्पनीको
पोजिसनमा असंख्य ग्रेनेडहरू प्रहार गरी आक्रमण गरे। एउटा ग्रेनेड राइफलम्यान लछिमन
गुरुङको खाडलको ओठमा खस्यो; उनले तुरुन्तै त्यसलाई समातेर शत्रुमाथि फिर्ता प्रहार
गरे। लगभग तुरुन्तै अर्को ग्रेनेड सिधै खाडल भित्र खस्यो। फेरि यो पनि राइफलम्यानले
समातेर शत्रुमाथि फिर्ता प्रहार गरे। त्यसपछि तेस्रो ग्रेनेड खाडलको ठीक खाडलको डिलमा
आइपुग्यो। उसले त्यसलाई तुरुन्तै पछाडि फ्याँक्ने प्रयास गर्दा त्यो उसको हातमै विस्फोट
भयो, उसको औंलाहरू उड्यो, उसको दाहिने हात भाँचियो र उसको अनुहार, शरीर र
दाहिने खुट्टामा
गम्भीर चोट लाग्यो। अनि गम्भीर घाइते भएर खाडलमा ढले, तर घिस्रिदै उठेर
राइफलम्यान
लछिमन गुरुङले आफ्नो घाउको पर्वाह नगरी " जय महाकाली ! आऊ र गोर्खासँग लड!"
भनेर चिच्याई चिच्याई आफ्नो बायाँ हातले चार घण्टासम्म राइफलम्यान लछिमन गुरुङ
आफ्नो चौकीमा एक्लै लडे । उनका दुईजना साथी पनि बेहोसी गम्भीर घाइते भए तर
उनकै कारणले साथीहरूको पनि ज्यान बचेको थियो। लछिमन गुरुङको आफ्नो उत्कृष्ट
साहसिक उदाहरणद्वारा आफ्ना साथीहरूलाई अन्तिमसम्म शत्रुको प्रतिरोध गर्न यति
प्रेरित गरे उनको उत्कृष्ट वीरता र कर्तव्यप्रतिको चरम समर्पण, शत्रुको पराजय भएको
थियो ।
पछि राइफलम्यान लछिमन गुरुङलाई बेलायतमा सेनाहरूलाई
वीरताको लागि प्रदान गरिने सर्वोच्च पदक भिक्टोरिया क्रस बाट ऐतिहासिक सम्मान
गरिएको थियो ।
त्यो वीरता र गोर्खाली आत्माको पुनर्जन्म आजको युगमा फेरि एकपटक “इजरायल–गाजा
युद्ध” मा, नेपाली युवा बिपिन जोशी को रूपमै देखा पर्यो।
भूमध्यसागरको तटना बसेका इजरायल र गाजा पट्टी(प्यालेस्टाइन)
दक्षिणी इजरायल, गाजा सिमाना नजिकको किबुट्ज अल्युमिममा।
शनिबार, अक्टोबर ७ २०२३ करिब बिहान ६ बजेको आसपास इजरायलमा “Learn and
Earn” कार्यक्रम अन्तर्गत गएका विशेषगरी नेपालका सुदूरपश्चिमका एग्रिकल्चरमा
अध्ययनरत १७ जना विद्यार्थीहरू कोही बिहानीको सूर्यको किरणसँगै नयाँ दिनलाई
स्वागत गर्ने तरखरमा थिए, कोही मस्त निन्द्रामा सपनासँग रमाइरहेका थिए। एक्कासी
आकाशमा रकेटहरू आक्रमण भएको आभास हुन्छ, इमर्जेन्सी साइरन बज्न सुरु गर्छ।
विशेषगरी बोर्डर नजिकै भएको हुनाले यस्ता सानातिना आक्रमण भइरहने र साइरन बज्ने
साधारण ठानेर विद्यार्थीहरु कोही नयाँ आतिएर, कोही बिस्तारै, कोही अल्छी गर्दै सुरक्षित
स्थान बंकरतिर सबै जाउँ भन्दै दौडिन्छन्, विशेष त त्यसमध्येका बिपिन जोशीसबै
साथीहरू सुरक्षित ठाउँमा गए नगएको नेतृत्व लिन्छन्।
त्यसको केही छिन्मै बाहिर रकेटको साथसाथ गोलाबारी र बन्दुकको आवाजहरू
सुनिन्छ। जीवन र मृत्युको सिमा नजिकिएको संकेत थियो। हुनसक्छ असुरक्षित स्थानको
खोजी वा यथार्थता के हो पत्ता लगाउन दुई नेपाली विद्यार्थी बंकर बाहिर बाहिर आउँछन्
र उनीहरूको जम्का भेट गाजाबाट विनाश आएका हमास समूहका बन्दुकधारीहरूसँग
हुन्छ। जब उनीहरुतिर बन्दुक तेर्साइयो उनीहरूले जीवन रक्षाको लागि “ हामी नेपाली
हो” “ We are Nepali” भनेर जीवनको लागि जीवनदान मागिरहेका थिए, तर यसको
सुनुवाई भएन। उनीहरू यस्लोकबाट बिदा भए, सायद भन्न चाहन्थे; हामी यहाँ “Learn
and Earn” कार्यक्रम अन्तर्गत लागि आएको हामी विद्यार्थी हौँ। हामी शान्तिको देशका
हौँ, हामी बुद्धका देशका हौँ। कृपया हामीलाई नमार्नुहोस्…हाम्रो प्रशिक्षण सिध्याएर हामी
गाउँठाउँमै गर सेवा गर्ने हाम्रो योजना छ, हाम्रो कोहीसँग दुश्मनी छैन… कृपया हामीले
केही नगर्नुहोस् ! हाम्रो परिवारमा आमाबुबा र भाइबहिनीहरू छन्, सबैलाई रेखदेख गर्नु छ,
उहाँहरु हामीलाई कुरेर बसिरहनु भएको छ…..।
निर्दोष युवाहरू माथि अमानवीय कार्य सुरु गर्यो, युवाको जीवन, युवाका सपना, एउटा
परिवारको आशा र भरोसालाई ,एउटा राष्ट्रको सम्भावनालाई बंकरभित्रै सामूहिक हत्या
गर्न ग्रेनाइट फालियो साहसी युवा बिपिन जोशीले आफ्नो जीवन जोखिममा राखेर
ग्रेनाइटलाई बाहिरै फालिदिए, साथीहरूको ज्यान बचाए तर दोस्रो ग्रेनेट फाल्नु अघि नै
यसले उनका चारजना साथीहरूको ज्यान लियो। अरुमाथि अन्धाधन्दा गोलीले केही
साथीको ज्यान लियो । आतङ्ककारीहरू गए भन्ने ठानेर बचेका साथीहरू र घाइतेहरू
घिस्रिदै आफू सुत्ने कोठा सुरक्षित छ भन्ने ठानी त्यतातिर लागे, बिपिन जोशी
साथीहरूलाई सहयोग गर्दै आफू पनि बच्दै किचनमा पुगेको थिए। उनी नेतृत्व गरिरहेका
थिए — डरको बीचमा पनि साहसका प्रतीक बनेर। फेरि आतंककारीको समूह त्यही आएर
कोठामा पुगेका साथीहरुलाई निर्मम हत्या गर्दै हिमाचल कट्टेलले अन्तिम पटक
बिपिनलाई देखेका थिए — उनी घोक्रो समातिएका थिए, तर आँखामा भय होइन, दृढता
थियो। त्यो दृढता नेपाली पहिचान थियो। त्यो दृढता मानवताको धर्म थियो। हिमाचल
आफै त्यो बेलामा दुईटा गोली खाएर रगतमा डुबेका थिए। विपिन जोशीको यो साहसिक
कार्यले, विपिनलाई आतंककारी समूहले अपहरण गरेर लगे पनि गोली लागेर शरीरमा
रगत सकिँदै गरेको बेलामा विपिनको साहस सम्झेर बाँच्नको लागि प्रेरणा मिलेको थियो
भनेर उनका साथी हिमाचल कट्टेल स्मरण गर्दछन्।
इजरायल एग्रिकल्चर टेक्नोलोजीमा अगाडि पनि भएको कारण र केही पैसा पनि बचत
हुने भएपछि त्यहाँ गएर पैसा पनि बचत गरेर आएर, सरकारबाट पाउने कृषि लोन लिएर
सानो आफ्नै कृषि फार्म खोल्ने, साथै लोकसेवा पनि दिने, र व्यावसाय गरेर आफू जस्ता
युवाहरुलाई रोजगार दिने सपना र योजना उनको र विपिनको रहेको स्मरण गर्दछन्।
आज उनी र उनका अर्का मिल्ने साथी धनबहादुर चौधरी भन्छन् “बिपिन जोशीले
बहादुरीपूर्वक पहिलो ग्रेनेट बाहिर नफालेको भए हामी कोही पनि हुँदैनथियौँ। त्यसपछि
हामीले आफ्नो बाँच्ने बाटो खोज्यौ, उनीलेनै हामीलाई जीवन दिए उनी हाम्रो भगवान
भएर आज बिलाए” !
सम्माननीय प्रधानमन्त्रीज्यू,
सहिद लछिमन गुरुङ जसरीनै युवा विपिन जोशीले साहस र बहादुरी साथ आफ्ना
साथीहरुलाई बचाउन, नेपालका भविष्यहरुलाई रक्षा गर्न, मानवताको धर्म निभाउन,
नेपालीहरू वीर गोर्खाली जाति हुन् भनेर चिनाउन लडे, उनलाई युद्धबन्दीकै निरय
अवस्थामा निर्मम हत्या गरियो यो संयुक्त राष्ट्र बडापत्र युद्ध नियमको उल्लङ्घन हो।
त्यसैले, विश्वमा रहनुभएका सबै सबै नेपाली जाति, नेपाली भाषी, र नेपाली जनताको
तर्फबाट साथीहरुलाई बचाउन, नेपालका भविष्यहरुलाई रक्षा गर्न, मानवताको धर्म
निभाउन, नेपालीहरू वीर गोर्खाली जाति हुन् भनेर चिनाउन लडे, भोलि आउने
पुस्ताहरूको लागि गर्वको र वीरताको कथा फेरि एकपल्ट विपिन जोशीले नयाँ अध्याय
सुनौला अक्षरले थपेका छन्, यसको ऐतिहासिक अभिलेख हुनुपर्छ । उनलाई युद्धबन्दीकै
निरय अवस्थामा निर्मम हत्या गरियो यो यो संयुक्त राष्ट्रसंघको जिनिभा कन्भेन्सन
(Geneva Convention) को स्पष्ट उल्लङ्घन हो। उनी आफू अचेत अवस्थामा गाजाको
चिसो टनेलभित्र शान्तसँग रहेरपनि हामी नेपाली जातिलाई विश्वमा चिनाउन, चन्द्र सूर्य
अङ्कित झण्डा फैलाउन, र हामीलाई एकीकृत बनाउन अहम भूमिका खेलिरहे । उनी
शान्तिको सन्देशवाहक बने, बुद्धभूमिको प्रतिनिधि बने।
त्यसैले, विश्वमा रहनुभएका सबै सबै नेपाली जाति, नेपाली भाषी, र नेपाली जनताको
तर्फबाट विपिन जोशीलाई, उच्च राष्ट्रिय सम्मान, राष्ट्रिय सहितको घोषणा सरकारले
परिवारलाई गर्नुपर्ने आवश्यक रेखदेख गरोस् भन्दै यो निवेदन, यो अनुरोध सम्माननीय
प्रधानमन्त्री सुशीला कार्की एवं नेपाल सरकार समक्ष राख्दछौं ।
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाली जातिहरूले वीरतापूर्वक लडेका ठाउँहरू सायद आज कति छैनन्, तर इजरायलमा
आज जहाँ १० नेपालीहरूले विश्व शान्तिको लागि आफ्नो जीवन आहुति दिएको भूमिलाई
छोएर, एक युवाले आफ्नो पुर्खाहरूको वीरतालाई एकपटक फेरि विश्वलाई स्मरण
गराएको ठाउँ र भूमिलाई टेकेर; कोठाको भित्तामा रहेको आलो रगतलाई बलिदानको टीका
लगाएर, युवाहरुले प्रत्येक दिन ढोग्ने राष्ट्रिय झण्डालाई ढोगेर, मानवीय र विश्व शान्तिको
प्रार्थना गरेर हामीले हालसालै लागि आएका छौं, जहाँ विपिन जोशीकी ममतामही आमा र
प्रिय बहिनी र इजरायलको लागि नेपाली राजदूत र राजदुतावास परिवार पनि पुग्नुभएको
थियो।
सम्माननीय प्रधानमन्त्रीज्यू,
राइफलम्यान लछिमन गुरुङ जस्तै, बिपिन जोशी ले पनि युद्धको भयानक क्षणमा
आत्मबलिदानको सर्वोच्च उदाहरण प्रस्तुत गरे। उनी आफ्ना साथीहरूको प्राणरक्षा गर्न
लडे, मानवताको रक्षा गर्न लडे,
र “नेपालीहरू वीर गोर्खाली हुन्” भन्ने चिनारी फेरि विश्वमा गुञ्जाए।
यस साहस र बलिदानलाई अब मौनतामा पुरिनु अन्याय हुनेछ।
त्यसैले, विश्वभर रहेका सबै नेपाली, नेपाली भाषी र नेपाली मन भएका सन्तानहरूको
तर्फबाट हामी नेपाल सरकारसँग अनुरोध गर्दछौं —
बिपिन जोशीलाई “राष्ट्रिय वीर” को सम्मान प्रदान गरियोस्,
उनी र उनका परिवारलाई राष्ट्रको अभिभावकत्वमा लिएर स्थायी सम्मान दिइयोस्,
र उनको वीरताको कथा नेपालको इतिहासमा सुनौलो अक्षरमा लेखियोस्।
आज इजरायलको भूमिमा — जहाँ १० नेपालीहरूले विश्वशान्तिका लागि प्राण आहुति दिए
— त्यही माटोमा, रगतले लेखिएको त्यो कथा, अब नेपालको गौरवको अध्याय बन्नुपर्छ।
त्यही भूमिमा जब बिपिनकी आमाले आँसुमा पुत्रको पवित्र शरीर छोइन्,
त्यो आँसु मात्र व्यक्तिगत पीडा थिएन — त्यो सम्पूर्ण नेपाली आमाको आँसु थियो।
जब बिपिन जोशीको शरीर मातृभूमि फर्किन्छ,
त्यो माटो वीरताको बास्नाले सुवासित हुनेछ,
त्यो दिन सम्पूर्ण नेपाली हृदय गर्वले भरिनेछ,
र नेपालले फेरि एक आवाजमा घोषणा गर्नेछ —
“हामी वीरहरूको सन्तान हौँ — बिपिन जोशी हाम्रो गौरव हुन्।”
जय नेपाल !
जय नेपाली जाति !
जय नेपाली भाषी !
जय वीर बिपिन जोशी !
जय मानवता र शान्ति !!!
– कविन्द्र सिटौला
