Letter to Guru and Mata

पूज्य गुरुदेव एवं गुरुमाताहरूलाई विनीत वन्दन:

गुरुपूर्णिमाको शुभ अवसरमा गुरुहरूलाई कृतज्ञता पत्र

शुभ बिहीबार 

असार २६, २०८२ साल विक्रम सम्वत

जुलाई १०, २०२५ इस्वी सम्वत

गुरु पूर्णिमाको लागि समर्पण !

 

श्रीगुरुभ्यो नमः ।।  

विनीत वन्दन:

हे पुण्यभूमि  विशाल नेपालमा जन्म लिनुभएका आज पृथ्वीका विविध भूभागमा फैलिनु भएका तथा यो लौकिक संसारमा अब पार्थिव रूपले नबस्नुभएका सम्पूर्ण नेपाली मूलका, संस्कृत नेपालभित्रका विभिन्न भाषी श्रद्धेय ऋषिमुनि, योगीतपस्वी, पूज्य गुरुदेवगण, गुरुमातृशक्तिहरू, दैवी जननी देवीहरू, ज्योतिर्मय ध्यानी-ज्ञानी महात्माहरू, मानवता चेतनाका पुजारी महापुरुषहरू, महान नारीहरू, सम्पूर्ण धर्मपथका गुरुजन, संत, महन्त, सन्यासी आत्माहरू, ज्योतिषगण एवं श्रद्धेय आध्यात्मिक अभियन्ताज्यूहरू

हजुरहरूद्वारा हजारौं वर्षदेखि यस पुण्यभूमि नेपाललाई नेपाल अधिराज्यलाई प्रेम, योग, ध्यान, ज्ञान, शान्ति, ऊर्जा, खुसी र परमानन्दको दिव्य चेतनाले सुसज्जित पार्ने निस्वार्थ मानवसेवा प्रति हामी सम्पूर्ण नेपाली जाति र नेपाली भाषी सन्ततिहरूको तर्फबाट, हामी हृदयको गहिराइबाट विनम्र कृतज्ञता अर्पण गर्न चाहन्छौं ।

हामी तपाईंहरूद्वारा हजुरहरूद्वारा उद्घाटित आत्मा र जीवनको मार्गदर्शनको अमृतवाणीलाई पवित्र श्रवण गरी आत्मबोधको यात्रामा अग्रसर हुन पाएका छौं—यो हाम्रो जन्म-जन्मान्तरको सौभाग्य हो।

तपाईंहरूका तपस्या, दिव्य ज्ञान र प्रेरणाले हामीलाई मानवता, धर्म, करुणा, सत्य र मुक्तिको मार्गमा उज्यालो किरण बनेर साथ दिएको छ।

त्यसैको लागि, हामी प्रत्येक श्वास र चेतनाबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं र तपाईँहरूको, यहाँहरूको अमूल्य आशीर्वाद र मार्गदर्शन सदा सर्वदा प्राप्त होस् भनेर प्रार्थना गर्दछौं।

तपाईंहरूको हजुरहरूको चरणमा हृदयदेखि आत्मासम्मको नमन ! प्रेमयुक्त प्रणाम ! अनन्त कृतज्ञता भावनात्मिक ढोग अर्पण गर्दछौँ

, हजुरहरूकोनै आशिष संस्कारमा हुर्किएको एक विनीत जिज्ञासु, एक साधक, एक सृजनशील अन्वेषक, आत्मचिन्तन ब्रह्मानुभूतिमा रुचि राख्ने योगी मानस, प्रेमका कणकणमा रमाउने एक अविरल यात्री हुँ।

हजुरहरूको दिव्य मार्गदर्शनमा, समयको प्रवाह, सृष्टिको चक्र, कर्मको सिद्धान्त, ग्रह नक्षत्रको तरङ्ग र प्रभाव आत्माको अन्तर्यात्रालाई बुझ्न समेट्न खोजिरहेको छु।

आज मेरो जीवनको तथा आत्मज्ञान यात्रा, ज्ञानमाता शक्तिमाताको संरक्षणमा, ब्रह्माण्डीय संकेतहरूका निर्देशनमा गहिरा  दिव्य ज्ञानहरूका नेतृत्वमा अघि बढिरहेको  अनुभूति गरिरहेछु

शब्दभन्दा परका अनुभूतिहरूलाई, समयभन्दा गहिरा ज्ञानहरूलाईतपाईँहरूको  हजुरहरूको आशीर्वादमा, मार्गदर्शनमा  मैले  केही छुन थालेको अनुभूति गर्दैछु।  यो ज्ञान महासागरको एक अंश पनि मैले अनुभूति गर्न पाएँ भने आफूलाई अत्यन्तै भाग्यमानी ठान्नेछु।

हे पूज्य गुरुवर, गुरुमाताहरू,

मेरा केही अल्पज्ञान यहाँ राख्न चाहन्छु,

यस दिव्य भूमि, यस दिव्य नेपाल भूमिजहाँ प्रेम, करुणा, योग, ध्यान, ज्ञान, सृजनात्मकता, शक्ति, ऊर्जा, वीरता, पवित्रता, सुन्दरता, खुसी आत्मानन्दका स्रोतहरू जन्मिन्छन्त्यही भूमि, यही भूमिमा जसमा अनादिकालदेखि तपस्वी आत्माहरूले शान्ति उन्नतिको बीजारोपण गरेका छन्

त्यही भूमि यही भूमि आज पनि किन यति दुःखी, विखण्डित, भ्रमित ? किन यहाँका सबै सत्पुत्र सुपुत्रीहरूले जीवनको पूर्ण आनन्द, प्रेम र शान्तिको अनुभव गर्न सकेका छैनन् ?

यिनै प्रश्नहरू र जिज्ञासाहरू छन् सर्वत्र !

सृष्टि चक्रमा हरेक कुरा सुनिश्चित , जो हुनुछ भएरै छाड्छसमयचक्र आज परिवर्तनको क्षेत्रभित्र प्रवेश गरिसकेको छ। दुःखसुख, लाभहानि, जन्ममृत्यु, हारजित, जयपराजय सफलताअसफलतायी सबै सृष्टिका शाश्वत नियमहरू हुन्, हाम्रा कर्मअनुसारका फल हामी भोगिरहेकै हुन्छौँ नै। ज्ञान र विज्ञानका चमत्कारहरु यसका गतिहरू हुन्। 

यिनको पारिप्रवाहलाई बुझ्दै, हामी अब नयां युग, चेतनाको युगको सन्ध्याकालमा  छौं।

महानवयुगको मङ्गलप्रभात अब ढोकामा दस्तक दिइरहेको छ।

हामीले यो शुभ घडीलाई प्रेम, शान्ति, सद्भाव, एकता सेवाको समर्पणभावले स्वागत गर्नुपर्दछ

हाम्रो  पुण्य कर्म, प्रेम वाणीको स्वर, योगध्यानको शक्ति, ज्ञान चेतनाको उज्यालो   मानवीय गहिरो भावनाको तरङ्गले पृथ्वी मातालाई, प्रकृति देवीलाई पुनः दिव्यता आनन्दले भरिदिनुपर्छ।

हे पूज्य गुरुवर, गुरुमाताहरू एवं ज्योतिषगण !

यहाँहरूको, हजुरहरूको  अमूल्य संरक्षण, मार्गदर्शन, आत्मिक बल आशीर्वादमा हामीले कलियुग रूपान्तरणको लागि हजुरहरूसँगै अब अघि बढ्नुपर्छ भन्ने कुरामा यथार्थ परिवर्तनको बाटो समाउनु पर्ने बेला आएको छ  भन्ने कुरामा निश्चित एवं विश्वस्त भएको छु।

मानवता बचाउने, चेतनालाई जागृत गराउने, सबैमा तेस्रो नेत्रको  ज्ञान खुलाउने, प्रेमको प्रकाश फैलाउने, नवयुगमा प्रवेश गर्ने मूर्त हो यो, शुभ घडी हो यो त्यसैले आजको दिनलाई शुभघडी मान्दै, यहाँहरूको आज्ञाआशीर्वाद र मार्गदर्शन सँगै परिवर्तनको अलौकिक यात्राको शुभारम्भको लागि सबैमा निवेदन र आह्वान गर्न  पनि अनुमति माग्दछु। एक सेवकको रूपमा मानवताको पूर्ण एवं निस्वार्थ सेवा प्रेमपूर्वक गर्न सकुँ। हजुरले सुरु गरेको यस महान पवित्र कार्यमा एउटा इटा थप्न सकुँ, एक कदम अघि हिँड्न सकुँ, एक कदम अघि बढ्न सकुँ । समयको लागि एक निमित्त बनेर समयको आदेश पालन गर्न सकुँ।

निवेदन तथा आह्वान:

आदरणीय संपूर्ण नेपाली मूलका आत्माहरू, नेपाली भाषीहरू, आदरणीय नेपाली एवं सम्पूर्ण मानवीय मनहरू,पृथ्वी माताको काखमा जहाँ रहे पनि, जुनसुकै विचार विश्वासमा बाँधिए पनिएकतामा बाँधिएर, आत्मज्ञान, प्रेम, योग ध्यान, सद्भाव शान्तिको बाटोमा हिँडेर, नवयुगको दीप प्रज्वलन गर्नु,

समष्टि लोक कल्याणको निम्ति  बिलम्ब नगरिकन यो युग परिवर्तनको लागि मानव जुनीमा एकपल्ट आउने जगत र लोक कल्याणकारी मानवीय  महान कार्यमा निश्चिन्त एवं विश्वासका साथ मन, वचन र कर्मले हृदयदेखि नै सहभागी हुन, अग्रपंक्तिमा रहँदै अगाडि बढ्न हार्दिक अनुरोध, विनम्र निवेदन एवं  अन्तरात्माबाट आह्वान गर्दछु।

हाम्रो सन्देश, कार्ययोजना अनुभूति, ज्ञान, प्रगति, सुझाव तथा यात्रा सम्बन्धी विवरणहरू voiceofkabin.com मा क्रमशः समर्पित  गर्दै जानेछौं।

शुभकामना सहित,

यहाँहरूको सदा मार्गदर्शन र आशीर्वादको आकांक्षी  एवं  सेवक

प्रार्थी

कवीन्द्र राज सिटौलाजिज्ञासु

हार्दिक धन्यवाद !

हृदयको कृतज्ञता

 

जय आत्मा

जय मानवता !! 

जय दिव्यता !!!

शान्तिः शान्तिः शान्तिः।