LETTER TO NRNA

 गैर आवासीय नेपाली संघप्रति समर्पित भावनात्मक सन्देश

गैरआवासीय नेपाली संघ (एनआरएनए)को  स्थापनामा समर्पित

आदरणीय संस्थापकज्यूहरू,

वर्तमान अध्यक्षज्यूहरू, पूर्व अध्यक्षज्यूहरू,

सम्पूर्ण पदाधिकारीज्यूहरू,

गैर आवासीय नेपाली संघ

नमस्कार एवं सादर प्रणाम !

हामी सबै आफ्नो  प्रिय मातृभूमि नेपाललाई हृदयमा बोकेर परदेश आएका थियौँज्ञान, सिप, दक्षता अनुभव बढाउनस, सपना, खुसी, शान्ति सम्भावना खोज्न र आफ्ना श्रम, सीप सृजनालाई विश्वसामु प्रस्तुत गर्न। अन्त्यमा नेपाललाई केही गर्न ।

यस यात्रामा हरेक दिन संघर्ष थियो, कठिनाइ थियो। तर हरेक चुनौतीले हामीलाई अझ बलियो, सचेत, सक्षम आत्मविश्वासी बनायो,   जीवनलाई कसी लगायो ।

हामीले निस्वार्थ भावना, प्रेम एकताको आत्मालाई आत्मसात् गर्न सके  भोलिका पुस्तालाई हामीले अमूल्य सम्पदा दिनेछौँ

आत्मसम्मान, पहिचान, गौरव नेतृत्वको उज्यालो।

गैर आवासीय नेपाली संघ हाम्रो साझा आत्मा हो,

यो केवल एउटा संस्था होइन

यो विश्वभर छरिएका नेपालीहरूको सपना, बलिदान समर्पणको प्रतीक हो। यस यात्रालाई उज्यालो बनाउनुभएको तपाईं सबैप्रतिहृदयदेखि आभार, कृतज्ञता अनन्त शुभेच्छा व्यक्त गर्दछु।

आउनुहोस्, हामी सबै मिलेरप्रेम, सेवा एकताको झण्डा फहराउँदै,

नेपाली नामलाई संसारभर गौरवको शिखरमा पुर्‍याऔँ। पुराना गुनासा, विगतका कमजोरी विखण्डनलाई बिर्सौं, आजैबाट एउटै मात्र, एकीकृत एनआरएनए निर्माण गरौं।

सृष्टि होस् वा परिवार, धर्मशास्त्र होस् वा संविधान

जसले यसको आरम्भ गरेको ,

त्यसैको हृदय विवेकबाट मात्र समाधान निस्कन्छ।

त्यसैले विनम्र अनुरोध गर्दछु

आदरणीय संस्थापकज्यूहरू,

तपाईंहरूले सुरुमा लेखेको दस्तावेज दृष्टिलाई फेरि एकपटक स्मरण गर्नुस्, उद्देश्यहरू के थिए? सपनाहरू के थिए? त्यसै आधारमा आज निर्णय सल्लाह सुझाव दिनुहोस्।

हाम्रा वर्तमान अध्यक्षज्यूहरू, सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू र 

स्थापनाकालदेखि हालसम्मका पदाधिकारीज्यूहरू, यो संस्थाको 

संस्थापक ज्यूहरूसँग बसेर, उहाँहरुलाई सम्मान गर्दै यसको निकास निकाल्नको लागि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। किन यो संस्था स्थापना गर्ने परिकल्पना गरिएको थियो ? किन यसको आवश्यकता महसुस गरिएको थियो?

घरभित्र समस्या आए, हामी आमाबुबा वा हजुरबुबाको सल्लाह सुन्छौँ,

त्यसै गरी NRNA हाम्रो परिवार हो।

यस संस्थाका संस्थापकहरू नै हाम्रो माता-पिता हजुरबुबा- हजुरआमा समान हुनुहुन्छ। जसले यो संस्थालाई जन्माउनुभयो, एउटा आमाले बच्चा जन्माउँदाको पीडा भन्दा फरक अवश्य थिएन होला।

उहाँहरूको निस्वार्थ पवित्र हृदयबाट संस्था जन्मेको हो त्यही हृदयबाट त्यही भावनालाई निस्वार्थ निरन्तरता दिने सच्चा

अभियन्ताज्यूहरूबाट मात्र यो संस्थाको मूल लक्ष्य उद्देश्यप्रति सत्यनिष्ठ समाधान निस्कन्छ। यसलाई गहनतापूर्वक सुनिदिनु हुन बुझिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु।

आमा पीडा र वेदनामा डुबेको बेला जुनबेला उनीलाई हाम्रो अत्यन्त आवश्यकता छ, त्यस्तो बेलामा हामी आफू आफू झगडा गरेर बस्न मिल्दै मिल्दैन! समय धेरै छैन- यो वाक्यको गम्भीर अर्थ छ! यो संवेदनशील घडीमा, कुनै गुट वा उपगुटमा नबसौँ, विचार र सिद्धान्तमा नबसौँ। हामीलाई सधैँ अरुले नै लडाई रहेछ, टुटाइरहेछ, फुटाइरहेछ, अनि हामी बुझेर नबुझेर त्यही गरिरहेको छौं-यो संवेदनशील कुरा बुझौँ। अज्ञानताले हामीलाई व्यक्तिगत स्वार्थमा दौडाएको छ भने पनि त्योसँग निडरतापूर्वक डटेर सामना गरौं। त्यो व्यक्ति म होइन भनेर, संस्थाप्रतिको आस्था र विचार त्यो मेरो होइन भन्न आफैले आफैलाई हिम्मत गरौं। आफू अन्तरात्मा र मनैबाट परिवर्तन भएपछि मात्र हरेक कुरा र विश्व जगत परिवर्तन गर्न सकिन्छ भन्ने कुरालाई हृदयबाट मनन गरौं।

हामी नेपाली भाषीहरूको विश्वमा योग्य र उचित स्थान रहनुपर्छ भन्ने आत्माको आवाजलाई सुनौँ । हामी सबैलाई आफ्नो कर्म  

कर्तव्यमा समर्पित भई अघि बढ्नुपर्ने छ, तीव्र गतिमा बदलिँदो 

विज्ञान र समृद्धिको यात्रामा सँगसँगै परिवर्तित हुनु छ यो कुरा बुझौँ र महसुस गरौं।

अध्यात्मको ज्ञान, अनुभूति, प्रगति प्राप्ति बेगर सबै कुरा अन्त्यमा 

शून्य रहनेछ- यसलाई गहनतापूर्वक आत्मसाथ गरौं। हामी नयाँ चेतनाको युगमा प्रवेश गरेको यहाँहरूलाई मैले विनम्रतापूर्वक जानकार गराइसकेको छु।

हामी एउटाखुसीको मोडल गाउँस्थापना गर्न गइरहेका छौँ। यसले विश्वमा खुसीको विकेन्द्रीकरण किरण र चेतना छर्नेछ

यस अभियानमा तपाईंहरूको अपनत्व सहभागिता आवश्यक छ।

आशा

गैर आवासीय नेपाली संघले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई

एकीकृत नेतृत्व, एउटै दृष्टि साझा उद्देश्यमा बाँधेर, एउटै नाम, एउटै संस्था, एउटै भावना, एउटै उद्देश्य भित्र समेट्नेछ,

विश्वभर नेपालीको सामूहिक पहिचान स्थापित गर्नेछ। यसले सृष्टिको सबैभन्दा महत्त्वपूर्ण कुरा समयलाई सिर्जनात्मक बनाउनेछ र हामी सबै  सामूहिक सम्पन्नतातिर अगाडि बढ्नेछौँ।

हामी पूर्ण विश्वास, आशा र भरोसामा छौँ; संस्थाले हामीलाई 

विश्वमा सम्मानित नागरिक बनाउन, भविष्यका पुस्ताहरूलाई 

गौरवान्वित बनाउन, समृद्धि र खुसी बनाउन, हाम्रो वर्तमानलाई एक बनाउन आजैबाट हामी हातेमालो गर्नुपर्ने अत्यन्तै संवेदनशील 

आवश्यकता र घडीलाई अनुभूति गर्नेछ।यसको लागि 

स्थापनाकालदेखि नै सबैले दिनुभएको समय, प्रयास र विवेकको उच्च हृदयबाट नै उच्च मूल्याङ्कन गर्न चाहन्छु।

यहाँहरु धेरैलाई जीवन यात्रामा भेट्ने धेरै सिक्ने सौभाग्य पाएँ, कृतज्ञ छु, आभारी छु। यो निरन्तर सिकिरहने यात्रामा यहाँहरुसँग फेरि भेट्ने, सिक्ने इच्छा आकांक्षा र प्रार्थनामा छु। मेरा यी हृदयका भावनाहरू र विचारहरूलाई सुध्रिने मौका दिँदै यहाँहरुले सम्मान गरिदिनु  हुनेछ भन्ने आशा राख्दै हार्दिक आभार, सम्मान कृतज्ञता  व्यक्त गर्न चाहन्छु।

अन्त्यमा, आफ्नो पुरानो कविता “एनआरएनए एकता ?”

गैर आवासीय नेपाली संघ ( NRNA )यसका समर्पित 

अभियन्ताज्यूहरूको दिगो एकता, उन्नति उज्ज्वल यात्राको लागि समर्पित गर्दछु। यो विशेष पत्र र कविताको भावनालाई सम्मान गरिदिनुहुन्छ, गहिरेर अनुभूति गरिदिनुहुन्छ अनि यथार्थमा परिणत गरिदिनुहुन्छ भन्ने आशा, अपेक्षा र भरोसा राखेको छु। 

                     एनआरएनए एकता ?

! कता ? 

! कता हो ?

एकता!!!

एनआरएनए !

तिमी कता ? हामी कता ?

कता गयो हाम्रो एकता

कहाँ हरायो हाम्रो एकता ?

एन् आर एन् का निर्माताले सुरुवात गरेको

सम्झौँ ती कथा व्यथा सपना

हामी सधैँ गरौं एकताको लागि कामना जपना 

जहाँ जहाँ हामी जान्छौं

जताजता हामी हुन्छौं

गरौँ एकता !

जहाँ व्यक्तिगत राग आउँछ त्यहाँ टुट्छ एकता

जहाँ व्यक्तिगत राग हट्छ

त्यहीं स्नेहका नयाँ अनुरागबाट निस्किएका

प्रफुल्ल परागहरू घुम्न थाल्छन् 

सुवास लिएर

अनि त्यहीं हुन्छ अनौठो एकता !

जब आफ्ना कमी कम्जोरीहरू फालिन्छन्

त्यहीं उम्रिन्छ एकता !

जब आफ्ना कमी कम्जोरीहरू पालिन्छन्

त्यही विन्दुबाट हराउँछ बिलाउँछ एकता !

एनआरएन,

तिमी कता ? हामी कता ?

एउटै मनले मात्रै बन्दैन एकता !

सयौँ मनहरूले बन्छ एकता,

जहाँ मनहरू जुट्छन् हुन्छ एकता

जहाँ मनहरू फुट्छन् टुट्छ एकता

त्यसैले मनको मनबाट गरौं एकता

त्यसैले मनको मनबाट गरौं एकता

एउटा हातले जोडिन्न एकता

सयौं हातले जोडिन्छ एकता

जहाँ हातहरू जुट्न उठ्छन्

त्यहीं हुन्छ एकता

जहाँ साथहरू छुट्छन्

त्यहीं टुट्छ, त्यही छुट्छ एकता !

जहाँ कदमहरू मिल्छन् त्यही अघि बढ्छ एकता !

!

एनआरएनए !

तिमी कता ? हामी कता ?

कता गयो हाम्रो एकता ?

हामी जहाँ जहाँ जान्छौ गरौँ एकता !

टुट्दैन हाम्रो एकता, फुट्दैन हाम्रो एकता !

सिसा फुटे झैँ फुट्ने होइन हाम्रो एकता

चट्टान जस्तै बज्र मजबुत हाम्रो एकता

रोकिन्न हाम्रो एकता

क्षणिक आँधी बेहरी जस्तो हैन हाम्रो एकता

युग युगान्तर गुन्जाउने आवाज हो हाम्रो एकता

व्यक्ति, विचार

अनि

समूह समूहमा, सिद्धान्त,वाद स्थानमा बाडिन्न हाम्रो एकता

क्षमतावान,लगनशील,अभियन्तालाई उठाउने,बढाउने,सघाउने हामी

लाखौँ डायस्पोराका नेपाली मनहरूको आत्मीय बन्धन

सद्भाव हो हाम्रो एकता !

!

एनआरएनए !

तिमी कता ? हामी कता ?

कता गयो हाम्रो एकता ?

कहाँ हरायो हाम्रो एकता ?

नछिरोस् राजनीति यहाँ

यसले बनाउँछ लाजनीति जहाँ

निस्वार्थ समाजसेवा हो यो

जहाँ

मन, वचन कर्मले काम गर्नु   त्यहाँ

यात्रा हाम्रो लामो

सँधै, सँगै हिंड्नु

हाम्रो लक्ष्य निश्चित

अनि

यो टाढासम्मको

सबै मिलेर धेरै गर्नु

समृद्धिको यात्रा सँगै अगाडि लानु

ज्ञान, सीप सिर्जनालाई फुलाउनु

विज्ञान प्रविधिलाई उठाउनु

हाम्रो नयाँ पहिचानलाई विश्वमा  पुर्‍याउनु छ

नयाँ पुस्तालाई बल जिम्मेवारी दिनु

अब सबैको त्याग, साथसहयोग सक्रिय सहभागिता चाहिएको

खेर नजाउन् ती संस्थापक सबैका त्यागर बलिदानहरू

अझ धेरैधेरै गर्नु

व्यक्तिगत हठ छोडेर

सम्झौता होस् सद्भावको

सद्भाव एकताको डुङ्गामा चढेर

हामीले धेरै टाढाटाढा पुग्नु !

एन्आरएन्ए सबैको साझा

सबै एन्आरएन्ए हुनुपर्छ

अब

एनआरएनए एक महत्वपूर्ण अभियान हो भन्ने कुरा मनन गरेर

नेपाल सम्पन्न भए

हामी पनि सँगै सम्पन्न हुन्छौँ भन्दै

हामी सम्पन्न भए नेपाल पनि सम्पन्न समृद्धि हुन्छ 

भन्दै लागि परेर

दरिलो बनाऊँ एन्आरएन्एको एकता

दरिलो बनाऊँ स्वदेशमा

दरिलो बनाऊँ विदेशमा

नेपालीहरूको एकता

नेपाली जातिको एकता

विश्वमा नै सबैभन्दा दरिलो बनाऊँ हाम्रो एकता

नेपाली भाषाभाषीको

सांस्कृतिक विविधतामा अडिएको

मलजल प्राप्त एकता

जहाँ जहाँ हामी जान्छौं, जहाँ जहाँ हामी हुन्छौं

अब सधैँ गरौँ एकता

कहिल्यै नटुट्ने, कहिल्यै नछुट्ने, कहिल्यै नफुट्ने

अनि

कहिल्यै पनि नतोडिने, कहिल्यै पनि नमोडिने बनाऔं हाम्रो एकता !

बनाऔं एनआरएनएको एकता

हरेक राष्ट्र विश्वमा जहाँजहाँ हामी छौं

बनाऔं हाम्रो एकता

एक पल्टको नेपाली सँधैका लागि नेपाली भन्दै

एक पल्टको नेपाली,  मनैबाट सँधैका लागि नेपाली बन्दै

“नेपालीका लागि नेपाली” भन्ने नारा लगाउँदै

युगयुगसम्म सँगै बाचिरहूँ

युग युगसम्म सँगै हाँसिरहौं 

सँगै उठाउँदै एकताको झन्डा सँगै नाचिरहौँ

सँगै  उठाउँदै चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा 

जय ! नेपाली जातिको एकता!

जय ! नेपाली भाषीको एकता!

जय नेपाल राष्ट्रको एकता!

जय ! एन्आरएन्एको एकता!

हार्दिक धन्यवाद