Letter to Sahitya
साहित्यलाई चिठी
हे साहित्यका दिव्य सृष्टिकर्ताहरू,
हे मेरो जीवनका परिवारहरू —
प्रणाम, साधर प्रणाम, अनन्त प्रणाम !
म सुनेको थिएँ— नेपाल अधिराज्यका महाकवि लक्ष्मीप्रसाद देवकोटासँग तरकारी किन्ने पैसासम्म नभएको पीडा थियो रे । उहाँ जीवनभर गरिब भएर पनि अमर साहित्यको धनी भएर संसारलाई विदा गर्नुभयो रे। हे साहित्यका दिव्य दृष्टिहरू किन उहाँलाई गरिब भनेर भनियो ? म — उहाँकै, जन्मभूमि, मातृभूमिबाट जन्मिएको म— यस पृथ्वीलाई विदा गर्दा “संसारकै सबैभन्दा धनी ” भएर विदाई हुन चाहन्छु।
यस कारण, आज म तपाईंहरू सबै साहित्य साधक र सृष्टिकर्ताहरूलाई आफ्नै परिवार ठानेर आत्माको गहिराइबाट यो निवेदन गर्दैछु;
मलाई गरिब र धनीको भिन्नता अनि “धनी” को वास्तविक परिभाषा बुझाइदिनुहोस्। किनकि, साँचो धन के हो—यो प्रश्न मेरो चेतनामा प्रज्वलित भएको दियो हो।
के सबैको मित्र बनी, प्रेम संकलन गर्ने गरी प्रेम बाँड्ने मानिस धनी हो?
के ज्ञानको गहिरो महासागर आर्जन गर्ने, ज्ञान बाँड्ने मानिस धनी हो?
के ध्यानमार्गमा डुबेर ब्रह्मसँग एकाकार हुने, ध्यान बाँड्ने साधक धनी हो?
के जीवनलाई आनन्द र सन्तोषले उज्यालो पार्ने, खुसी बाँड्ने मानव नै धनी हो?
के अथाह सम्पत्ति बटुलेर, वा ती सम्पत्तिहरू दानमा अर्पण गरेर संसार धनी भइन्छ ?
अथवा यी आर्जन गरेका कुराहरु कसैलाई नभनी, कसैलाई नबाडी अथाह जम्मा गरेपछि सबैभन्दा धनी हुइन्छ ?
अथवा धनीको परिभाषा यिनभन्दा पनि परे, अझ अज्ञेय, अझ सूक्ष्म छ ?
म—एक साधक, एक सृजक, एक खोजी आत्मा—
तपाईं महान साहित्यका गुरुहरूसमक्ष प्रार्थना गर्दछु
मलाई यो रहस्यको ढोका खोलेर, विवेकको उज्यालो देखाइदिनुहोस्।
किनभने म संसारकै सबैभन्दा धनी बन्न चाहन्छु—हजुरहरूले गरिब र धनीको भिन्नता बुझाउँदै गर्दा धनीको परिभाषा बुझाउँदै गर्दा, मैले बुझेको, मेरो क्षमताले भ्याउने तरिकाले धनी भन्ने प्रयत्न निरन्तर गरिरहनेछु।
संसारलाई उज्यालो, प्रेम, चेतना, सत्य र आनन्द बाँड्ने कर्ममा धनी बनेर नै यस यात्रामा आफ्नै मार्ग तय गर्न चाहन्छु, आजैबाट यसरी;
यदि प्रेमको प्राप्तिलेनै सबैभन्दा धनी बनाउँछ भने—म सबै संसारमा रहनुभएका आदरणीय नेपाली जाति, सबै नेपाली भाषीलाई अनुरोध गर्छु, आफ्नो प्रेमको अर्थलाई चार हरफमा वा एक टुक्रा भावनामा, नेपाली कागजमा लेखेर दिनुहोस्, कागजको मूल्याङ्कन गरिदिनुहोस् । त्यो प्रेम नै सबैभन्दा ठूलो सम्पत्ति होस्, जुन आउने पुस्ताहरू र युग सम्मलाई बाँडिरहन सकुँ, हामी सबैको नासोको रुपमा। ७ हजारभन्दा बढी मान्यजनहरूले प्रेमलाई परिभाषित गरेर दिनुभएको कोसेलीलाई अर्को युगका मानवहरुलाई हस्तान्तरण गर्ने अभिलेख गरिसकेको छु।
यदि ज्ञानको प्राप्तिलेनै सबैभन्दा धनी बनाउँछ भने—मैले
बाल्यकालदेखि संकलन गरेका जीवनका ज्ञान–वाक्यहरूमा ज्ञान सम्बन्धी हजुरका आफ्नै स्वर्णिम विचार र कोटेसनहरु एक–एक हरफ थपिदिनुहोस्। त्यो ज्ञानले मेरो आत्मालाई धनी बनाओस्। त्यही आत्मज्ञान प्रकाशले सबै आत्माहरूलाई संसारकै धनी बन्दै युग युगान्तरसम्म सबैलाई छुन सकौँ।
यदि ध्यानको प्राप्तिलेनै सबैभन्दा धनी बनाउँछ भने—संसारका सबै
आध्यात्मिक पूज्य गुरुहरू, गुरुमाताहरू, मलाई शिष्यत्वमा लिनुहोस्। जबसम्म म ध्यानमा संसारकै सबैभन्दा धनी हुँदैन, तबसम्म
ध्यानमार्गमा निरन्तर साधनामा मलाई एक जिज्ञासु शिष्य को रुपमा ग्रहण गरिदिनुहोला। म ध्यानलाई निरन्तरता दिन मेरो जन्मभूमि आउँदैछु। ध्यानमा बसेर म ज्ञान आर्जन गर्दै संसारको सबैभन्दा धनी मानव बनेर बिदा हुनेछु।
यदि खुसीको प्राप्तिलेनै सबैभन्दा धनी बनाउँछ भने—मेरो पूज्य माताश्री मनमाया सिटौला, मेरा पिता पूज्यश्री हरिचरण सिटौलालाई
प्रतिनिधित्व गर्दै मेरा पूज्य जेठो दाजुमोहन सिटौला, मेरी जीवन साथी र प्रेमिका रन्जिता पराजुली सिटौला, उनका मातापिता जगदीशनाथ पराजुली र रमला पराजुली एवं हाम्रा छोरीहरू कृपा सिटौला र माया सिटौला म सँगै मेरो जन्मस्थान आठराई चुहानडाँडा फर्केर मेरो पिताको जन्मस्थान चुहानडाँडा र माताको जन्मस्थान हाङपाङलाई विश्वका उत्कृष्ट खुसी देशहरूमध्येको सबैभन्दा खुसी गाउँहरु को रुपमा स्थापना गर्न सहयोग गर्नुभयो भने म संसारको सबैभन्दा खुसी व्यक्ति बन्नेछु, जसले मलाई संसारको सबैभन्दा धनी व्यक्ति बनाउनेछ।
यदि सम्पत्तिको प्राप्तिले धनी बनाउँछ भने— मेरो कविता “आमा भएर हेर” मेरो वेबसाइट https://www.voiceofkabin.com/ मा गएर त्यसको आर्थिक मूल्याङ्कन तपाईंले आफै गरेर कवितालाई सम्मान गरिदिएर मलाई संसारका सबैभन्दा धनी मानिस बनाइदिनुहुन्छ भन्ने आशा र उत्साह राख्दछु । यसबाट प्राप्त धनले अरु धनहरु आर्जन गर्दै म संसारकै सबैभन्दा धनी बन्ने प्रयत्न गर्नेछु ।
र यदि धनी बन्ने अन्तिम सत्य “दान” हो भने— मेरो पूज्य मुमा,
जीवनसाथी, छोरीसँग सल्लाह गरेर, उहाँहरुको इच्छा अनुरुप
उहाँहरुलाई जीवनमा आवश्यक पर्ने बाहेक माथि आर्जन गरेको दान गर्न मिल्ने सबै कुराहरू सबै दान गरेर, यो देह जीवनबाट बिलय हुनेछु।
यदि यो अँध्यारो कलियुगलाई रूपान्तरण गरी उज्यालो चेतनाको युगमा प्रवेश गराउने प्रयत्न नै साँचो सम्पत्ति हो भने, म मेरो सम्पूर्ण ज्ञान, जीवन, र अस्तित्व नै त्यस दिव्य कार्यमा समर्पित गर्दछु।
चेतनाको यो उज्यालो युग स्थापना गर्न लाग्नुभएका
महामानवहरूका सहयोगी, संयोजक वा अगुवा भएर —
म आफूलाई सम्पूर्ण समर्पणसहित ब्रह्माण्डीय सेवा यात्रामा अर्पण
गर्नेछु। यदि संसारमा सबैभन्दा धनी बन्ने अर्थ यही हो —
अर्थात्, सम्पूर्ण प्राणीहरूको चेतनामा उज्यालो जागरण ल्याउने
सामर्थ्य पाउनु हो —त्यो दिव्य सम्पन्नताको दिशामा म आजैदेखि तीव्र गतिको यात्रामा निस्कँदैछु, दीप्त चेतनाको दूत भएर बिदा हुने आकांक्षा राख्दछु।
म यो सबै कार्य किन गर्दैछुरु किनकि, म विश्वास गर्छु—
यदि नेपाल भूमिबाट जन्मिएको एउटा कवि, साहित्यकार, एउटा
मानव संसारकै सबैभन्दा धनी हुन्छ भने, त्यो केवल व्यक्तिगत गौरव
मात्र होइन— सबैतिर सम्पन्नता आउने छ छाउने छ।
यो नेपाल राष्ट्र, नेपाल आमा, सम्पूर्ण नेपाली जाति र भाषी, स सम्पूर्ण नेपाली आत्माको विजय हुनेछ। मानवता रमाउनेछ ।
म तपाईंहरू सबै साहित्यप्रेमीहरूसँग प्रार्थना गर्दछुस्
मलाई प्रेरणा दिनुहोस्,
मलाई साथ दिनुहोस्,
मलाई आशीर्वाद दिनुहोस्।
केवल शब्दमा मात्र होइन, चेतनामा मात्र होइन,
केवल भावनामा मात्र होइन, ब्रह्माण्डीय प्रेममा मात्र होइन —
तर कर्ममा मसँगै धर्तीमा उभिएर ताकी म संसारकै सबैभन्दा धनी साहित्यकार बन्न सकूँ। एउटा सिर्जना केवल कागजको खोस्टो मात्रै हुँदैन, साहित्य नै मानवताको मुटु हुन्छ भने, साहित्यकारहरू प्रत्येक मुटुका धड्कनहरु हुन् । हामीले हरेक धड्कनहरुलाई माया गर्नुपर्छ। म केवल एउटा धड्कन हुनको लागि प्रयत्न गरिरहेको छु, तपाईँको साथ र आशीर्वाद खोजिरहेको छु!
हे प्रिय साहित्य साधकहरू,
संसारले धनी कवि भनेर हाम्रो देशलाई सम्झिने दिन आउँछ भने—
त्यो दिन हामी सबै आकाशभन्दा माथि उड्नेछौं,
र भावी पिढीका सर्जकहरू अझ उज्यालो बन्नेछन्।
त्यसैले मलाई सबै विधामा संसारकै सबैभन्दा धनी मानव बन्न आँट दिनुहोस्, हिम्मत दिनुहोस्, साथ दिनुहोस् विजयी
बनाइदिनुहोस् अनि बिदाई गर्नुस्।
साहित्य नै हाम्रो श्वास हो,
साहित्य नै हाम्रो प्राण हो,
साहित्य नै हाम्रो नाच हो,
साहित्य नै हाम्रो ध्यान हो,
साहित्य नै हाम्रो चेतना हो
र यदि हामी भित्र यीमध्ये एक अंश पनि जीवित छ भने—
तपाईं पनि सर्जक हुनुहुन्छ।
त्यसैले, यस अलौकिक यात्रामा—
तपाईँको दिव्य आगमनको प्रतिक्षामा रहँदै
म तपाईंहरूसँग आत्माको गहिरो कृतज्ञता अर्पण गर्दै,
साहित्यको बारेमा सृजित कविता समर्पण गर्दै
बिदा माग्छु।
साहित्य तिमी के होइनौ
साहित्य तिमी के होइनौ
साहित्य चेतनाको बिम्ब
जीवनको उर्जा र प्रतिबिम्ब
आनन्दको राग र प्रेमको पराग
समाजको ऐना, संगीतको स्रोत र अनुराग हौ
साहित्य ।
तिमी
सभ्यताको विकाश नवीनताको आभास
करुणा र कल्याणको आत्मीय सम्वेदना
विश्व मानवीय सौजन्य
स्रष्टा र सृष्टिको पहिलो अङ्कुर
सिर्जनाको मूल र प्रगतिको प्रवाह हौ
साहित्य तिमी के होइनौ
साहित्य मानवीय दिव्यताको बगैंचामा
फुल्ने फूल र सुवास
भौतिक र आध्यात्मिक प्राप्तिको लक्ष
प्रकृतिको सूक्ष्म सौन्दर्य, सङ्केत र सन्देशको
अर्थबोध हौ साहित्य ।
साहित्य तिमी जीवनबोध, हृदयको बाँसुरी
हरेक मुटुको स्पन्दन
सदा वहिरहने वहिरहने विश्व स्पन्दनको
विश्वात्माको अखण्ड ज्योति
अतीत, वर्तमान र भविष्यको युगीन आवाज हौ साहित्य
तिमी नै परिवर्तन हौ साहित्य परिवर्तन
साहित्य तिमी के होइनौ
हर खुसी हाँसो र आनन्द
प्रेरणा साहस र शक्ति
हामीलाई एकतामा बाँध्ने
एउटै मात्र सूत्र हौ
हो ,तिमी एकतामा बाँध्ने मात्र एउटै सूत्र हौ
तिमी नै सृष्टि हौ
तिमी नै दृष्टिको अन्तर्दृष्टि हौ
तिमी नै सिर्जनाको आमा हौ
हो तिमी नै सिर्जनाको उत्पत्ति हौ
हे साहित्य
तिमीलाई कोटी, कोटी, कोटी प्रणाम
हे सिर्जना Û हे कविता Û हे साहित्य Û
तिमी नै पूजा र तिमी नै प्रार्थना हौ
तिमी नै विश्व ब्रह्माण्ड हौ
तिमी नै प्रेम हौ साहित्य
तिमी नै प्रेम हौ
तिमी नै प्रेम हौ
साहित्यकारको जयहोस् !
साहित्य सदा अमर रहोस् !!
-कवीन्द्रराज सिटौला “जिज्ञासु”